जनता टाइम्स

२५ बैशाख २०७६, बुधबार ०६:२०

प्रधानमन्त्री केपी ओली : मान्छे कि मेसिन ?


जनताको मयााकै कारण र दृढ इच्छाशक्तिले उहाँको शरीर मेसिन जसरी दिनको १८/१९ घण्टा देश बदल्ने अभियानमा सरिक छ । त्यसैले शीर्षकमा भनिएको हो, ‘प्रधानमन्त्री ओली मानिस हुन कि मेसिन ?’

तीर्थ भट्टराई

झट्ट सुन्दा यो शीर्षक बुझ्न अलीक अप्ठ्यारो लाग्ला । के लेख्यो भन्ने पनि पर्ला । तर यस छोटो लाइनभित्र अनेक महत्वका अर्थहरु लुकेका छन । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको दैनिकी हेर्नेका लागि यो अर्थले निकै ठुलो महत्व राख्छ । सवैलाई जानकारी छ, प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गरेको लगभग १० बर्ष पूरा भइसकेको छ । मृगौला जस्तो शरीरको संवेदनशील अंग प्रत्यारोपण गरेपछि मानिस पहिला भन्दा आधा नै कमजोर हुने गर्दछ । डाक्टरको सल्लाहअनुसार उसले आफ्नो स्वास्थ्यको हेरचाह गर्नुपर्ने हुन्छ । सोही बमोजिम खानपान र शरीरलाई आराम दिनु पर्दछ । तर मृगौला प्रत्यारोपणपछि सम्माननीय प्रधानमन्त्री ओली झन तन्दुरुस्त देखिनुभएको छ ।

सामान्य निरोगी मानिस भन्दा प्रधानमन्त्री ओली काममा बढी खटिनुभएको प्रमाणहरु छन । दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री ओलीको अहिलेको दैनिकी बनिरहेको छ । तात्कालिन नेकपा एमालेको पार्टी अध्यक्षमा निर्वाचित भएपछिको समयलाई मध्यनजर गर्ने हो भने उहाँमा देखिएको जोश अनि जाँगर अदभूत छ । पार्टी अध्यक्षमा उठ्ने बेलामा नै पार्टीभित्रैकै केही ब्यक्ति वा बिपक्षी पार्टीका नेता–कार्यकर्ताले यो रोगी मान्छेले पार्टिलाई गतिशिल हैन, पार्टीलाई अधोगती तर्फ पुर्याउँछन, तसर्थ केपी शर्मा ओली अध्यक्षमा आउनु हुँदैन भनेर उहाँबिरुद्द अनर्गल प्रचारहरु गरे । राजनीतीलाई आपराधीकरण र क्रुरतामा परिभाषित गर्दै उहाँको स्वास्थ्य समस्यालाई प्रमुख प्रहारको मुद्दा बनाए । तर उहाँ एक कदम पनि बिचलित नभै निरोगी ब्यक्ति झै ती सारा अपवाहबिरुद्ध अडिग रहनुभयो र सारा कार्यकर्ताको मन जितेर पार्टी अध्यक्षमा निर्वाचित हुनुभयो ।

पार्टीमा केपी ओली हावी भए पार्टी सकिन्छ भनी अपवाह फैलाउनेहरुका बिरुद्द उहाँ कुराले हैन, कामले पार्टीलाई एक नम्बर बनाउछु भन्ने प्रणका साथ रातदिन खटिनु भयो । यो भन्दा अघिल्लो चुनाबमा तेस्रो स्थानमा रहेको पार्टीलाइ अघि बढाउन ठूलो चुनौती थियो । तर कमरेड केपी ओली जस्ता संघर्षका लामो इतिहास बोकेका ब्यक्तित्वलाई त्यति कठिन थिएन । उहाँले आफ्नो स्वास्थ्यलाई भन्दा पनि पार्टी, जनता र देशलाई महत्व दिनुभयो । त्यही दौरानमा करिब तीन बर्ष अघि उहाँ पहिलो पटक तत्कालिन एमाओबादी केन्द्रको सहयोगमा प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । त्यसताका प्रधानमन्त्री हुँदा उहाँले देशलाई महत्वपूर्ण युगमा प्रबेश गराउने ऐतिहासिक काम गर्नुभयो ।

हाम्रो देश सधै गरिब र पिछडिएको हुनुहुँदैन भन्दै देश र जनताका मुर्छित सपनाहरुलाई साकार पार्न समृद्धिका विभिन्न योजनाहरु अघि बढाउनु भयो । उहाँ प्रधानमन्त्री हुनुभएको त्यो समयलाई जनताले सधै सम्झिने गर्दछन । बिनाशकारी भुकम्पले देश रोइरहेको समयमा भारतको ६/६ महिने नाकाबन्दीबिरुद्द नझुकी जनताको मनमा बस्न सफल हुनुभयो । नेपाल अव कहिल्यै बन्दैन भन्दै निराश जनताको मनमा आशाको किरण छर्नुभयो ।

सत्ता समीकरणको स्वार्थमा रुमल्लिएका केही राजनैतिक पार्टीको स्वार्थको कारण तात्कालिन सरकार ९ महिनासम्म मात्र टिक्यो । तर त्यस समयमा देश र जनताका लागि ज्यानको बाजी लगाएर उभिने उहाँको देन गत वर्षको प्रतिनिधिसभाको चुनाबले देखाइदिएको छ । कमरेड केपी शर्मा ओलिको योगदान र मेहनतले तात्कालिन नेकपा एमाले नेपालको इतिहासकै शक्तिशाली बन्यो र सोही अवसरमा केही समयपछि उहाँकै पहलमा तात्कालिन एमाओबादी केन्द्रसँग चुनावी तालमेल र पार्टी एकता गरी शक्तिशाली कम्युनिस्ट केन्द्रको स्थापना गर्नुभयो । दुई धारको नेतृत्व गर्ने एमाले र माओवादीबीच एकता भइ हाल नेकपा बनेको छ ।

हामी युवा अवस्थाका मान्छेलाई एक–दुई दिन लगातार काम गर्दा शरीरमा थकान महसुस हुन्छ । तर प्रधानमन्त्री ओली यो उमेरमा पनि दिनको १८/१९ घण्टा लगातार जनताको काममा समर्पित रहेको देख्दा उहाँको त्यो शरीर मेसिन हो कि भन्ने भान हुन्छ

नेकपाको गठनसँगै मुलुकमा राजनीतिक स्थायित्व र समृद्धिको आधार बनेको छ । हाल यो शक्तिशाली कम्युनिस्ट सरकारको नेतृत्व उनै मृगौला प्रत्यारोपण गर्नुभएका पार्टी अध्यक्ष एवम सम्माननिय प्रधानमन्त्री ओलीले गर्नुभएको छ । समृद्ध नेपाल ः सुखी नेपालीको मुल नारा लिएर अघि बढेको ओली नेतृत्वको यो सरकारले देशलाई अदभूत परिवर्तन गर्ने लक्ष्य राखेको छ । एक बर्षको कामबाटै सरकार दृढताका साथ समृद्धिको लक्ष्यमा पुग्ने प्रष्ट मार्गचित्र देखाएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो यो दोस्रो, उपहारमा पाएको जीवन देश र जनताको हितको लागि समर्पित गर्छु भनी रातदिन नभनी समृद्धिको अभियानमा नेतृत्व गर्नुभएको छ । धेरैलाई सुन्दा अचम्म पनि लाग्ला, ढाँट्यो पनि भन्लान तर यथार्थ यही हो कि प्रधानमन्त्री ओली बिहान ६ बजेतिर उठेर राती २ बजेसम्म पनि काममै ब्यस्त रहनु हुन्छ । हामी युवा अवस्थाका मान्छेलाई एक–दुई दिन लगातार काम गर्दा शरीरमा थकान महसुस हुन्छ । तर प्रधानमन्त्री ओली यो उमेरमा पनि दिनको १८/१९ घण्टा लगातार जनताको काममा समर्पित रहेको देख्दा उहाँको त्यो शरीर मेसिन हो कि भन्ने भान हुन्छ । बिहान उठेदेखि महत्वपूर्ण बैठक, कार्यक्रम, सम्मेलन, समीक्षा, योजना निर्माण, कार्यान्वयनको अनुमगन आदि इत्यादी काम सधैभरी गरिरहने उहाँको मुहारमा कहिल्यै थकान देखिदैन । जति मान्छेहरु भेटिन्छन, सबैसँग मिठो मुस्कानसहित बोल्नु हुन्छ, सबैलाई आफ्नै घरपरिवारको सन्तान जसरी माया दिनुहुन्छ । मुहार सधै हँसिलो पारेर जनतालाई अभिभावकत्व प्रदान गर्नुहुन्छ प्रधानमन्त्री ओली आफ्नो कामसँगै ।

शक्तिसामु नझुक्ने, सत्यसँग नलडने दृढ मान्यतामा रहनु हुने प्रधानमन्त्री ओली काममा सवैभन्दा अब्बल देखिनु हुन्छ । देशमा राजनीतिक संक्रमण सकिएसँगै समृद्धिको परिकल्पना बोकेर हिडेको ओली सरकारलाई सामान्य सरकार जस्तो सजिलो तवरले हिड्ने अवस्था छैन । जनताले तीब्र रुपमा देशको बिकाश चाहेका छन । त्यो बिकाशको चाहनालाई पूरा गर्ने प्रतिबद्धता बर्तमान सरकारले गरेको छ । तसर्थ प्रधानमन्त्री ओलीलाइ यी सारा अभियानको अभिभावकत्व गर्न जनताको अपार मायाले साथ दिएको छ । जनताको मयााकै कारण र दृढ इच्छाशक्तिले उहाँको शरीर मेसिन जसरी दिनको १८/१९ घण्टा देश बदल्ने अभियानमा सरिक छ । त्यसैले शीर्षकमा भनिएको हो, ‘प्रधानमन्त्री ओली मानिस हुन कि मेसिन ?’