जनता टाइम्स

१५ कार्तिक २०७६, शुक्रबार १५:१०

पार्टी मुख्यालयमा आफ्नै कार्यकर्तामाथि जंगिए काँग्रेस सभापति देउवा, औंला ठड्याउँदै बोले यस्तो अपशब्द


काठमाडौं, कात्तिक १५ । नेपाली काँग्रेसको मुख्यालयमा पार्टी सभापति शेरबहादुर देउवाकै बिरुद्ध बिद्यार्थी संगठन नेविसंघका नेता–कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन । सभापति देवाउले नेविसंघको नयाँ नेतृत्वका लागि ५० वर्ष आसपासका राजीव ढुंगानाको नाम प्रस्ताव गरेपछि नेविसंघका नेता–कार्यकर्ताले पार्टी कार्यालयमै सभापति देउवाबिरुद्ध प्रदर्शन गरेका हुन ।

नेविसंघको विधानमा नेतृत्वका लागि ३२ वर्षीय उमेर हद व्यवस्था गरिएको छ । आज अपरान्ह केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुग्दा नेबिसंघका नेता कार्यकर्ताले देउवाविरुद्ध चर्को नाराबाजी गरे । उनीहरुले ३२ वर्ष मूनीको नेतृत्व नेविसंघमा ल्याउनुपर्ने माग गरेका थिए । आफैबिरुद्ध कडा नारावाजी गरेपछि देउवा जंगिनुभएको थियो । विद्यार्थीहरुले आफुविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेपछि देउवाले आक्रोशित हुँदै प्रदर्शनकारीतिर औंलो ठड्याएर अपशब्द समेत प्रयोग गर्नुभयो । देउवाले प्रदर्शनकारीतिर औंला ठड्याएर ओइ….यो के गरेको ? भन्दै अपशब्दको बोल्नुभएको हो ।

प्रदर्शनको क्रममा बिद्याथीृहरुले टिके प्रथा चाँहिदैन, बिधान मिच्न पाईदैन भन्दै नारावाजी गरेका थिए । पार्टी कार्यालय प्रवेश गर्दा देउवाकै बिरुद्ध प्रदर्शनकारी नेबिसंघको झण्डा लिएर चर्काे नारावाजीसहित देउवाबिरुद्ध खनिएका थिए ।