जनता टाइम्स

२४ बैशाख २०७६, मंगलवार २३:२५

डिभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् तपाईको नाम


काठमाडौं, वैशाख २४

सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा (डीभी)को नतिजा सार्वजनिक भएको छ । लाखौं नेपालीहरुको आर्कषणको रुपमा रहेको अमेरिका जान पाउने सबैभन्दा सजिलो उपायका रुपमा यसलाई लिने गरिन्छ ।

सन् २०२० मा अमेरिका प्रवेशका लागि गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म फारम खुलाइएको थियो । डिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ । अमेरिकी सरकारले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।

अमेरिकाले ल्याउने उक्त कार्यक्रममा हरेक वर्ष विभिन्न मुलुकबाट १ करोडदेखि २ करोडसम्मले अनलाइनमार्फत आवेदन फारम भर्छन् । भने ५० हजारभन्दा बढी मानिसहरु यो कार्यक्रममार्फत अमेरिकामा प्रवेश गर्छन् । डिभिको रिजल्ट यहा हेर्न सकिन्छ ।