जनता टाइम्स

१६ कार्तिक २०७६, शनिबार १२:१७

स्वरुप बदलिए पनि बदिलिएन रत्नपार्कको पुरानो चरित्र, दिँउसै हुन्छ यसरी ‘सेक्स डिल’


काठमाडौ,कात्तिक १६ । रत्नपार्क भन्ने पछि धेरै भनिरहनु नपर्ला, राजधानीको परिचित र व्यस्त ठाउँ हो । पार्कको नाम फेरिएको धेरै भइसक्यो तर यसको चरित्र अझै उस्तै छ ।

पहिले पार्कभित्र हुने ‘सेक्स डिल’ अहिले ‘बाहिरै’ हुन्छ । रत्नपार्क क्षेत्र पहिलेपनि उस्तै थियो अहिलेपनि उस्तै छ । ‘सदाबहार सेक्स स्पट’का रुपमा परिचित हुँदैछ । यसको बदनाम चरित्रका कारण त्यहाँ ओहोरदोहोर गर्ने सर्वसाधारणले समेत सास्ती निकै खेप्नुपरिरहेको हुन्छ । यस स्थामा ‘नयाँ–नौलो केटी यहाँ देख्नै हुँदैन, ‘जाने हो ?’ पहिलो शब्दनै यहि हुन्छ ।

करिब ११ वर्ष देखि यहि स्थानमा चटपटेको व्यापार थालेका एक किशोरको अनुभव सुनाए । उनिले थप सुनाए विहान सान्त हुन्छ दिउसो चलहलपह हुन्छ राती रंगिन बन्छ ‘दिउँसोभन्दा पनि बेलुका यहाँ तमासा हुन्छ । एकछिन यहाँ बस्नुभयो भने तपाईंलाई नै ‘जाने हो ?’ आउनछन् है । काठमाडौंको परिचित ठाउँ हो– रत्नपार्क । पुराना मात्रै होइन, दिनहुँ गाउँबाट राजधानी छिर्ने नयाँ–नयाँ अनुहार यहाँ फेला पर्छन् ।

कामबाट फर्किएका यात्रुहरुका लागि बस चढ्ने स्थल यही हो । सस्तो मूल्यमा किनमेल गर्न चाहने निम्नवर्गका मान्छेहरुको बजार पनि हो यो । नाउँमा रत्नपार्क भनिए पनि यसको परिचय थुप्रै छन् तर खास नाउँ त अर्कै छ– बदनाम पार्क । २०२१ सालमा तत्कालीन राजा महेन्द्रले रानी रत्नको नाममा निर्माण गरिदिएको यो पार्क लामो समय अव्यवस्थित रह्यो । २०७१ साल वैशाखमा काठमाडौं महानगरपालिकाले अव्यवस्थित रत्नपार्कलाई व्यवस्थित गर्ने हेतुले पूर्ण रुपमा बन्द गर्यो ।

२०७१ मंसिरमा सम्पन्न सार्क शिखर सम्मेलनलाई लक्षित गर्दै महानगरपालिकाले यसको पुनर्निर्माण गरेको थियो । झन्डै १५ महिना बन्द भएपछि खोलिएको रत्नपार्कको नामै अहिले बदलिएको छ– शंखधर उद्यान (पार्क) । करिब ४२ रोपनी जग्गाभित्र फैलिएको यो पार्कको भित्री स्वरुप पनि बदलिएको छ । सानो पोखरी, रक गार्डेन, पिङ, चिप्लेटी र स–साना विश्राम स्थल फेरिएका छन् तर अझै पनि यस क्षेत्रको चरित्र फेरिएको छैन ।

जति सुधार गरेपनि पहिला पार्कभित्र हुने काम अहिले बाहिर भइरहेको छ तर रोकिएको भने छैन । ‘यो त सदाबहार सेक्स स्टेसन हो,’ शनिवार साँझ रत्नपार्कमा यौनकर्मी खोज्दै हिँडिरहेका एक युवक भन्दै थिए, ‘मेरो घर वारा हो । म काठमाडौं आउँदा यहाँ आएकै हुन्छु । यहाँको धन्दा सधैँ उस्तै हो, कहिल्यै सुध्रिएन । यतिसम्म कि यहाँ पाइने केही केटीहरु त चारवर्षअघि आउँदा पनि यहीँ थिए, अहिले पनि यहीँ छन् ।’ प्रहरीका अनुसार पछिल्लो समय रत्नपार्क क्षेत्रमा धेरै युवकहरु साँझ भेष बदलेर हिँड्ने गरेका छन् । त्यसरी हिँड्ने कतिपय साँच्चिकै तेश्रोलिङ्गी यौनकर्मी हुन्छन् भने कतिपय विभिन्न उद्देश्य बोकेर भेष बदल्ने गर्छन् । केही हप्ताअघिको कुरा हो ।

महानगरीय प्रहरी वृत्त जनसेवाको प्रहरी टोलीले पर्स लुटेको अभियोगमा आफूलाई पिंकी श्रेष्ठ नाम बताउने एकजना तेश्रोलिङ्गीलाई समात्यो । देख्दा ठ्याक्कै युवतीजस्तै ती युवाको छातिको स्तन ठूलै देखिन्थ्यो । पछि थाहा भयोकि जब एक महिला ‘मेरो श्रीमान् खोई ?’ भन्दै आइपुगिन, सिंगो प्रहरी वृत्त चकित बन्यो केटीको नाम टिपाएको उ केटो थियो । केटो त दुई वर्ष विदेश पनि बसेको र नागरिकता पनि केटाकै नाममा रहेछ । केटी बनेर लुट्न सजिलो हुन्छ र केटालाई छिट्टै जालमा पार्न सकिन्छ भन्ने सोचेर भेष बदलेको रहेछ ।

रत्नपार्कको मुखैअघि महानगरीय प्रहरी आयुक्तको कार्यालय छ । तीन वटा वृत्तका प्रहरी यस क्षेत्रमा दिनहुँ गस्ती गर्छन् । जनसेवा वृत्तले रत्नपार्क क्षेत्र, सिहंदरबार वृत्तले रणोद्दीप पुलदेखि भृकृटीमण्डप (रत्नपार्कको बीच रोडसम्म) क्षेत्र र दरबारमार्गले रणोद्दीप पुलको आधा भाग हुँदै त्रिचन्द्र, रानीपोखरी घण्टाघर लगायतका क्षेत्र हेर्छ । तैपनि यो क्षेत्रले आफ्नो परिचय बदल्न सकेको छैन । देख्ने–भोग्नेहरु भन्छन, ‘काठमाडौंको मुटु मानिने रत्नपार्क बिहान, दिउँसो र बेलुकी गरी तीन समय छेपारोले झैँ रङ फेर्छ ।’ हुन पनि हो । यो क्षेत्र बिहान शान्त, दिउँसो भद्र, साँझ व्यस्त र राति बढी उत्तेजक देखिन्छ ।

यहाको साझको दृश्य हेर्ने हो भने पार्क वरिपरि पसल फिँजाएकाहरु आफ्नो सामान बेच्न तल्लिन हुन्छन् ,यौनकर्मीहरु भने ग्राहक खोज्न नया केहि देखिदैन उहि तेश्रोलिङ्गी र महिला यौनकर्मी ग्राहकसँग मोलमोलाइमा व्यस्त भएको देखिन्छ यस क्षेत्रमा । शुक्रवार साझ फलामे बारमा अडेस लागेको एक युवकलाई रातो रङको साइड ब्याग भिर्दै कुर्ता–सुरुवालमा सजिएर आएर आँखा सन्काउँदै सोधिहालिन, ‘जाने हो ?’ । ‘कति पैसा हो ?’ ‘दुई हजार ।’ ‘अलि महँगो भएन र ?’ ‘कोठा भाडासहित १५ सयमा जाने हो त ?’ ‘जानेचाहिँ कहाँ हो ?’ ‘वीर हस्पिटल पछाडिको लजमा ।’ यस्तै कुरा हरु सुनिन्थे ।

थुप्रै ग्राहक–यौनकर्मीबीच यस्तै संवाद सुनिन्थ्यो । कोही ‘डिल’ गरेर यौनकर्मीसँग जान्थे त कोही त्यत्तिकै जिस्काइरहेका भेटिन्थे । धेरैजसो संख्यामा तेश्रोलिङ्गी यौनकर्मीको उपस्थिति देखिन्थ्यो । उनीहरु ग्राहकलाई फकाउन अनेक हर्कत गरिरहेका हुन्थे । कतिपय टाउकोमा हेल्मेट लगाएर ‘डिल’ गरिरहेका थिए त कोही अनुहारमा ‘मास्क’ लगाएर । २० देखि ५० वर्ष उमेर समूहका ‘युवा–युवती’ त्यहाँ देखिन्थे । रत्नपार्क क्षेत्रमा यौन प्यास मेट्न आएका ग्राहक लुटिने पनि गरेका छन् । विशेषगरी प्रहरीका अनुसार तेश्रोलिङ्गी यौनकर्मीले ग्राहक लुट्ने गरेका छन् ।

‘प्रहरीले देख्छ कि भनेर उनीहरु ग्राहकलाई सामान्य बागेनिङ गरेर रत्नपार्क क्षेत्रबाट बाहिर लान्छन् अनि बीच बाटोमा थप बागे्िनङ गरेर लुट्ने गर्छन,’ ‘बरु प्राकृतिक रुपमै महिला रहेका यौनकर्मीले ठग्दैनन, तर अधिकांश तेस्रोलिङ्गी यौनकर्मीले ठग्ने र लुट्ने गरेको उजुरी पाइएको प्रहरीको तथ्याँकले देखाउछ । धेरैजसोले लाजिम्पाट क्षेत्रमा आफ्नो कोठामा लगेर पनि लुटेका छन् । लुट्न सजिलो हुने भएकाले उनीहरु बढी पाका उमेरका ग्राहक खोज्ने गरेको प्रहरीको रेकर्डमा देखिन्छ । लुटिनेम सवैभन्दा बढि ४० वर्ष उमेर कटेका रहेका हुन्छन् ।त्यतिमात्र होईन रत्नपार्क क्षेत्रमा भेटिने दलालबाट पनि ठगिन्छन् । साँझ परेर रत्नपार्क क्षेत्रमा दिनहुँ आउने बताएका एक युवकले भने ‘यहाँबाट दलालहरुले केटी मिलाइदिन्छु भन्दै ग्राहकहरुलाई ठमेल आसपासका डान्सबार लिएर जान्छन् अनि उता केटीसँग खान बसाएर बिल उठाइदिन्छन् । बिल तिर्ने बेलासम्म त्यो दलाल टाप ठोकिसकेको हुन्छ ।

यौनकर्मी कसरी चिन्ने ?

को यौनकर्मी, को सर्वसाधारण, छुट्याउने कसरी ? ‘यौनकर्मीलाई छुट्याउने आधार भनेको उनीहरु ओभर मेकअप गर्ने, अप्राकृतिक देखिने, केटाहरुलाई बोलाउने, जिस्काउने, केटालाई आकर्षित गर्न खोज्ने, केटाको ध्यान केन्द्रित गर्न खोज्ने व्यवहार देखाउँछन् र उनीहरुको ड्रेसअप पनि हिपहप र केटा आकर्षित गर्ने खालका हुन्छन् ।’ त्यसो त रत्नपार्क क्षेत्रमा भेटिने तेश्रोलिङ्गी यौनकर्मीलाई कतिपयले साँच्चिकै युवती ठानेर जाने गर्छन् ।

तेश्रोलिङ्गी यौनकर्मी बढी ओपन तथा खुल्ने स्वभावका हुन्छन, देख्दा केटीको स्वरुप भए पनि स्वर केटाजस्तो हुन्छ, छेउमा गाडी, बाइक आउनसाथ ‘जाने हो ?’ भनेर सोध्न पुगिहाल्छन् । वरिपरि प्रहरीको गस्ती भए पनि रत्नपार्क क्षेत्रमा यौनकर्मीको उपस्थिति रोकिन सकेको छैन । प्रहरी मूकदर्शक बनेका कारण नै यो नरोकिएको सर्वसाधरणको आरोप छ । ‘यहीँ अगाडि पुलिस चौकी छ तर वास्ता गरेको देखिँदैन । यस्तो विकृति रोक्न सरोकारवाल निकायले ध्यान दिन आवश्यक छ ।