जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार ०९:१७

सुनकोशी बस दुर्घटनाले शोकमा डब्यो दोलखाको शैलुङ, आज गाउँपालिका बन्द


दोलखा, कात्तिक १८ । आयतवार दिउसो सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा ठुलो मानवीय क्षती भएपछि दोलखाको शैलुङ गाउँपालिका शोकमा डुवेको छ । दुर्घटनामा ज्यान गुमाउने अधिकांश आफ्नो गाउँपालिका निवासी परेपछि सिंगो गाउँपालिका शोकमा डुवेको हो ।

दुर्घटनाका मृतकप्रति शोक ब्यक्त गर्दै शैलुङ गाउँपालिकाले आज आफ्नो क्षेत्रमा सम्पुर्ण सरकारी तथा गैरुसरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष भरतदुलाललेशोक बक्तब्य जारी गर्दै आज गाउँपालिकाका सवै कार्यालय बन्द गर्ने जानकारी दिनुभएको हो । उहाँले सम्पुर्ण मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।