जनता टाइम्स

२५ बैशाख २०७६, बुधबार ११:२८

लाहोरमा भएको आत्मघाती आक्रमणमा ६ जनाको मृत्यु


काठमाडौं, वैशाख २५

पाकिस्तानमा भएको आत्मघाती हमलामा तीन प्रहरी अधिकारीसहित ६ जनाको ज्यान गएको छ। पाकिस्तानको लाहोरमा बुधबार विहान भएको आत्मघाती हमलामा तीन प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको लाहोरका प्रहरी प्रमुख डिआइजी अस्रफ अहमद खानले पुष्टि गरे।

मुस्लिम समुदायको धार्मिक स्थल डाटा दरबार सुफि बाहिर भएको आत्मघाती हमालामा १८ जना घाइते भएका छन्। घाइते मध्ये केहिको अवस्था गम्भीर रहेको पाकिस्तानी अधिकारीले जनाएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। यसअघि सन् २०१० मा भएको आत्मघाती हमलामा कयौंको ज्यान गएको थियो।