जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार १४:०२

नेकपा सचिवालय बैठक सम्पन्न, सबै प्रदेश प्रमुख सिफारिस


काठमाडौं, कात्तिक १८

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट प्रदेश प्रमुख नियुक्ती गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सरकारको सिफारिसमा सातै प्रदेशका प्रमुखलाई हटाएपछि पद रिक्त रहेको थियो । हिजै नियुक्तीको तयारी गरिएपनि नेकपाभित्र सहमति हुन नसकेपछि आज सचिवालय बैठक बसेर टुंगो लगाएको हो

यसैविच मन्त्रीपरिषदको बैठक दिउँसो १२ बजेका लागि बोलाइएको छ। यसअघि हिजै बेलुकी मन्त्रीपरिषदको दोस्रो बैठक बोलाइएपनि सचिवालय बैठकमा सहमति नभएपछि आजका लागि सारिएको हो । भर्खरै सम्पन्न नेकपा सचिवालय बैठकद्वारा सबै प्रदेशका लागि नयाँ प्रदेश प्रमुख सिफारिस हेर्नुहोस् : नामावली

अमिक शेरचन-चितवन

सोमनाथ प्यासी-कास्की

तिलक परियार-बाँके

धर्मनाथ यादव-सिरहा

बिष्णु प्रसाईं-झापा

गोविन्द कलौनी-डडेल्धुरा

शर्मिला त्रिपाठि-काठमाडौ