जनता टाइम्स

२० कार्तिक २०७६, बुधबार ०९:२६

रौतहट घटना : प्रत्यक्षदर्शीको बयान नै आलमविरुद्धको बलियो प्रमाण


रौतहट, कात्तिक २०

रौतहट विस्फोट घटनाका प्रत्यक्षदर्शीले कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमकै योजनामा घाइतेहरूलाई इँटाभट्टामा हालेको बयान दिएका छन् । घाइतेहरूलाई बोरामा हालेर त्यसको मुख थुनिएको र बोरा इँटाभट्टाभित्र राखिएको प्रत्यक्षदर्शीहरूले प्रहरीसँगको बयानमा भनेका छन् ।

साक्षी १
बम विस्फोटबारे गाउालेबाट गाइागुइा सुनेको थिएा । घटनाको भोलिपल्ट इाटाभट्टा पुगेका बेला भाइलाई सोधें । उसले चुपचाप काम गर्ने, अरु कुरा हाम्रो चासोको विषय होइन भनेर जवाफ दियो । भाइसागै बद्री सहनी, मुक्ति साह र कृष्ण मुखिया थिए । उनीहरुले मुखामुख गरे तर केही बोलेनन् । इाटा बोकेर म्यान (इँटा पोल्ने ठाउँ) नजिक पुग्दा अस्वाभाविक रुपमा गहुाको भुसा छरपस्ट देखें । त्यसपछि फेरि भाइलाई सोधें । उसले अचानक विस्फोट हुादा ठूलो मानवीय क्षति भएको बतायो । त्यसमा केही मानिसको मृत्यु र केही सख्त घाइते भएको पनि सुनायो । घाइते भएकालाई राति ट्र्याक्टरमा लोड गरी आफताब आलम, महताब आलम, शेख भदई, मोबिन आलम, शेख सेराजलगायतले इाटा पकाउने भुङ्ग्रोमा हालेका थिए रे ।

साक्षी २
बद्री सहनी आलमका छिमेकीको राजा इाटाभट्टामा काम गर्ने हेड मिस्त्री हुन् । उनी प्रायः रातको समयमा इाटाभट्टामा ड्युटीमा रहन्थे । विस्फोटपछि आलमका दाजुभाइले बद्रीलाई बोलाएर घाइते र मृतकलाई भट्टामा जलाउन सहयोग गर्न आग्रह गरेका थिए ।

साक्षी ३
म मस्त निद्रामा थिएा । ट्र्याक्टरको आवाज र मानिसको खैलाबैलाले मध्यरातमा ब्युाझिएा । उठेर हेर्दा मसागै काम गर्ने मिस्त्रीसहित आलमको डफ्फा देखें । ट्र्याक्टरमा जुटको बोरा देखें । आलमको टोलीले मलाई ठूलो स्वरमा गाली गर्दै भाग् भन्यो । बोराभित्र रहेका मानिसलाई पालैपालो निकाल्दै इाटा पोल्ने भुङ्ग्रोमा हालिएको थियो । केही बोराको पोको चलमलाएको देखिन्थ्यो । करिब ३ घण्टापछि सबै जना गाउा फर्के ।

साक्षी ४
आलम दलबलसहित मेरो घरमा आएका थिए । उनीहरुले विस्फोट भएको घर मर्मत गरी पहिलेको जस्तै बनाइदिन भने । मैले नमानेपछि ‘परिवार नै सिध्याइदिने’ धम्की दिए । त्यसपछि एक भारतीय नागरिकको सहयोगमा इद्रिसको घरगोठ मर्मत गरिदिएा । त्यहाा गाईबस्तुले खाने भुस राख्यौं । पुराना घरबाट माकुराको जालो ल्याएर छानोमा लगायौं ।

घाइते
मेरा कान, घााटी र छातीमा छर्रा लागेको थियो । अरु घाइतेलाई मार्न थालेपछि ज्यान जोगाउन म सकिनसकी भाग्दाभाग्दै बेहोस भएछु । होस आउादा भारत सीतामढी सदर अस्पतालमा थिएा । त्यतिबेला मेरो पिसाब नली, नाक, मलद्वारमा पाइप लगाइएको थियो । अनुहार, घााटी, छातीमा पट्टी बााधिएको थियो ।

आलमको त्रासका कारण यसअघिको अनुसन्धानमा खुल्न नसकेका प्रत्यक्षदर्शी र साक्षीले सिलसिलेवार रूपमा घटनाबारे जानकारी गराएका हुन् । स्थानीय प्रहरी कार्यालयका तत्कालीन प्रमुखसम्मले घटना भएको बयान गरेका छन् । घटनामा परेका घाइते, मृतकलाई जिउँदै इँटाभट्टामा हाल्दाका प्रत्यक्षदर्शी र आलमका काका शेख इद्रिसको क्षतिग्रस्त घरगोठ मर्मत गर्ने कामदारलाई सरकारी वकिलको कार्यालयले साक्षीका रूपमा पेस गरेको छ । घटना लुकाउन क्षतिग्रस्त घर मर्मत गरिएको, घाइतेलाई ज्युँदै आगोमा हालिएको र मृतकको शव नष्ट गरिएको व्यहोराको प्रमाण प्रहरीले जुटाएको हो ।

जिल्ला अदालत रौतहटबाट प्राप्त मिसिलको प्रतिलिपिअनुसार त्यतिबेला इँटाभट्टामा काम गरेका पहिलो साक्षी (सुरक्षाका कारण सबैको नाम गोप्य राखिएको) ले घटनाको भोलिपल्ट इँटाभट्टा गएको स्विकारेका छन् । उनले बम विस्फोट भएकोबारे गाइँगुइँ सुनेकाले उद्योगमा पुगेर भाइलाई घटनाबारे सोधेका थिए । उनले भाइबाट ‘चुपचाप काम गर्ने, अरू कुरा हाम्रो चासोको विषय होइन’ भन्ने जवाफ पाए ।

उनको भाइको साथमा रहेका बद्री सहनी, मुक्ति साह र कृष्ण मुखियाले मुखामुख गरेका थिए तर केही बोलेनन् । प्रहरीले सहनी र साहमाथि ज्युँदा मान्छेलाई बोरामा पोको पारेर भट्टामा हालेको आरोपसमेत लगाएको छ । (कान्तिपुर)