जनता टाइम्स

२० कार्तिक २०७६, बुधबार १७:३६

सरकारले भारतलाई भन्यो : कालापानी क्षेत्र नेपालको भूभाग हो (विज्ञप्तीसहित)


काठमाडौं, कात्तिक २०

सरकारले कालापानी क्षेत्र नेपालको भएको स्पष्ट पारेको छ । भारतले जारी गरेको नयाँ नक्साको विरोध गर्दै नेपाल सरकारले औपचारिक धारणा सार्वजनिक गरेको हो ।

बुधबार साँझ विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भारतीय नक्सामा कालापानी समेटिएको विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्नेमा नेपाल सरकार स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दुई देशबीच टुंगिन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू दुबै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ।’

परराष्ट्रले दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज तथ्य प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट हुनु पर्नेमा नेपाल दृढ रहेको उल्लेख गरेको छ।