जनता टाइम्स

२५ बैशाख २०७६, बुधबार १३:१८

बालुवाटार–खुल्लामञ्च र वाइडबडीको पोल खुल्ने त्रासमा कांग्रेसले बितण्डा मच्चाएको खुलासा


प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रममा अन्टसन्ट सोधेपछि जवाफ कडा आउने भयो, अव ओलीले सवै पोल खोल्छन भन्ने त्रासमा हाम्रा नेताहरु हुनुहुन्थ्यो, प्रधानमन्त्रीले निम्सरो प्रश्नको जवाफ नदिने भन्नसाथ अव यही हो मौका भन्दै बदमासीमा संलग्नहरु उठेर अवरोध गरेका हुन, यो राजनीतिक मुद्धा हुँदै होइन

काठमाडौं, बैशाख २५

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको सार्वजनिक जग्गा हडप्ने भूमाफिया र साथ दिने सरकार, खुल्लामञ्च बिक्रि गर्ने संलग्न पदाधिकारी र नेपाल बायुसेवा निगमको बिमान खरिदको भएको बदमासी सार्वजनिक गरिदिने त्रासका कारण कांग्रेसले संसदमा अवरोध गरेको पाइएको छ । नीति तथा कार्यक्रममा भन्दा बाहिर गएर अन्टसन्ट प्रश्न गरेका कांग्रेस सांसदहरुले जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यी तीन ओटै बदमासीमा कांग्रेसको संलग्नतालाई संसदबाटै पोल खोल्न सक्ने भन्दै प्रधानमन्त्रीलाई जवाफ दिन अवरोध गरेको कांग्रेसकै एक सांसदले खुलासा गरेका हुन ।

‘प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रममा अन्टसन्ट सोधेपछि जवाफ कडा आउने भयो, अव ओलीले सवै पोल खोल्छन भन्ने त्रासमा हाम्रा नेताहरु हुनुहुन्थ्यो, प्रधानमन्त्रीले निम्सरो प्रश्नको जवाफ नदिने भन्नसाथ अव यही हो मौका भन्दै बदमासीमा संलग्नहरु उठेर अवरोध गरेका हुन, यो राजनीतिक मुद्धा हुँदै होइन,’ कांग्रेसका ती सांसदले भने । उनका अनुसार प्रधानमन्त्री ओलीले सुरुको जवाफमै बालुवाटार, खुलामञ्च, सुन तस्करी र नेपाल बायुसेवा निगमको वाइडबडी खरिदमा आफू भन्दा अघिल्लो सरकार संलगन रहेको संकेत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीकै निर्देशनअनुसार बालुवाटार जग्गा हडप्ने प्रकरणमा सवै सरकारको निर्णय सच्याउँदै छानविन गरिरहेको बेला संसदबाट प्रधानमन्त्रीले पोल खोल्ने त्रास कांग्रेस नेताहरुका थियो । संसदमा सवै मिडियाले प्रत्यक्ष प्रशारण भइरहेको बेला प्रधानमन्त्रीले सवैको भण्डाफोर गरिदिने भए भन्ने त्रासमा नेतृत्व र पूर्वमन्त्रीहरु देखिनुभयो, उहाँहरुले नै बितण्डा मच्चाउनु भयो,’ ती नेताले भने ।

प्रधानमन्त्री ओलीले आफ्नो सुरुको सम्बोधनमै भन्नुभएको थियो, ‘के भयो सुन तस्करी भन्ने पनि सुनियो, पहिला अघिल्लो सरकारको पालामा खुरुखुरु तस्करी भइरहेको रहेछ, यो सरकार बनेपछि प्वाल टालियो, अहिले बन्द भयो, तस्करहरु जेलमा छन, ३८ क्वीन्टल सुन तस्करी भएको रहेछ, तस्करहरुको बयानअनुसार । त्यो सुन कहाँ गयो अघिल्लो सरकारलाई थाह होला ।’ प्रधानमन्त्री ओलीको यो जवाफ सोझै कांग्रेस नेतृत्वको सरकारतिर लक्षित थियो । यस्तै बालुवाटार, खुलामञ्चको बिषयमा पनि प्रधानमन्त्रीले पूर्ववर्ती सरकारले गरेको बदमासीलाई बर्तमान सरकारले सुधार गर्दै छानविन अघि बढाएको र सवैको पोल खुल्ने संकेत गर्नुभएको थियो ।

बालुवाटारको सरकारी जग्गा तात्कालिन गृहमन्त्री शेरबहादुर देउवा गृहमन्त्री रहेको बेला उहाँकै सिफारिशको आधारमा ब्यक्तिको नाममा दर्ता गराइएको थियो । वाइडबडी खरिद संझौता र पहिलो भुक्तानी पनि देउवा नै प्रधानमन्त्री र पर्यटनमन्त्री रहेको बेला भएको थियो भने खुल्लामञ्चको जग्गा पनि कांग्रेसकै पालामा हडपिएको थियो । सवै बदमासी कांग्रेसकै पालामा रहेको तथ्यबारे जानकार प्रधानमन्त्री ओलीले संसदबाट जवाफ दिई भण्डाफोर गर्छन भन्ने त्रास कांग्रेस नेताहरुका आयो

भ्रष्टाचारको सवालमा चर्काे कुरा उठाएको देख्दा अचम्म लाग्छ । यो सरकार बनेपछि खुल्लामञ्च मासिएको हो र ? अगाडि नै हडपिएको थियो, अगाडि नै मासिएको थियो, खुल्लामञ्च । अहिले त्यस मासिएको खुल्लामञ्चलाई ल्याउने काम हुँदैछ । बालुवाटार अहिले लुटिएको हो ? अहिले त खोजी हुँदैछ, छानविन हुँदैछ, वाइडबडी खरिद संझौता र डील यो सरकारले गरेको हो, अघिल्लो सरकारको हो, अहिले छ छानविन हुँदैछ ।’ थप प्रष्टिकरणको क्रममा प्रधानमन्त्री ओलीले यी सवै बिषयको पोल खोलिदेलान भन्ने डर कांग्रेस नेताहरुका थियो । सोही कारण कांग्रेस सांसदहरुले बहाना बनाएर प्रधानमन्त्री ओलीलाई बोल्न नदिएको हो ।

बालुवाटारको सरकारी जग्गा तात्कालिन गृहमन्त्री शेरबहादुर देउवा गृहमन्त्री रहेको बेला उहाँकै सिफारिशको आधारमा ब्यक्तिको नाममा दर्ता गराइएको थियो । वाइडबडी खरिद संझौता र पहिलो भुक्तानी पनि देउवा नै प्रधानमन्त्री र पर्यटनमन्त्री रहेको बेला भएको थियो भने खुल्लामञ्चको जग्गा पनि कांग्रेसकै पालामा हडपिएको थियो । सवै बदमासी कांग्रेसकै पालामा रहेको तथ्यबारे जानकार प्रधानमन्त्री ओलीले संसदबाट जवाफ दिई भण्डाफोर गर्छन भन्ने त्रास कांग्रेस नेताहरुका आयो ।

संसदको प्रत्यक्ष प्रशारण गरिरहेको अवस्थामा प्रधानमन्त्रीले दिएको जवाफले एकै पटक देश बिदेशका सवैले थाह पाउने भन्दै अवरोध गरिएको हो । संसदमा नीति तथा कार्यक्रममाथि प्रश्न गर्ने क्रममा पनि डा मिनेन्द्र रिजाल, गगन थापासहित पाँच सांसदले संसदीय मर्यादाबिपरित गई प्रधानमन्त्रीको जानाजान अपमान गर्नुभएको थियो ।

प्रधानमन्त्रीको अपमान गरेपछि उल्टै कांग्रेस सांसदहरुले संसदीय मर्यादाबिपरित प्रधानमन्त्रीले जवाफ दिन्न भन्न पाइन्न भन्दै संसदमा आफ्नो बिगतको काला कर्तुतको पोल नखुलोस भन्दै बोल्न अवरोध गरेको हो । कांग्रेस सांसदको होहल्ला र अवरोधका कारण प्रधानमन्त्री ओलीले दुई मिनेटमा केही भनाई राखेर आफ्नो सम्बोधन अन्त गर्नुभएको थियो ।