जनता टाइम्स

२२ कार्तिक २०७६, शुक्रबार ०८:०८

चर्चित उद्योगपति रुप ज्योति पक्राउ, यस्तो छ कारण


काठमाडौं, कात्तिक २२ । प्रहरीले चर्चित उद्योगपति रुप ज्योतिलाई पक्राउ गरेको छ । पूर्वअथसहायक समेत रहेका रुपज्योतिलाई बिह‍ीबार साँझ ८ बजे बिमानस्थलबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार रुपज्योतिमाथि ठगी आरोप लागेको छ ।

सिंगापुरबाट नेपाल फर्किने वित्तिकै काठमाडौँ प्रहरीले पूर्वअर्थ सहायकमन्त्री समेत रहेका रुप ज्योतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। नेपालका ठूला व्यवसायी घरानाको नेतृत्व गर्दै आएका रुप ज्योतिले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको काठमाडौं जिल्ला अदालतले ठहर गरेको थियो। त्यसैका आधारमा गत वर्षको मंसिर २० गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। तर, ज्योति समूहले सर्वोच्च अदालतमा रिट दायर गर्दै ठगी गरेको जिल्ला अदालतको फैसलालाई चुनौती दिएका थिए। सर्वोच्च अदालतले उक्त रिट खारेज गरेसँगै प्रहरीलाई ज्योति पक्राउका लागि बाटो खुलेको थियो।

बिहीवार सिल्क एयरबाट नेपाल उत्रिएलगत्तै उनलाई पक्राउ गरिएको हो। उनीविरुद्ध विजेन्द्र कृष्ण मल्लले रकम भुक्तान गरे पनि जग्गा नदिएको भन्दै मुद्दा दायर गरेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौँ प्रहरीका अनुसार अपार्टमेन्ट व्यवसाय सम्बन्धी एउटा ठगी मुद्दामा परेको उजुरीको आधारमा रुपज्योति पक्राउ परेका हुन्।