जनता टाइम्स

२२ कार्तिक २०७६, शुक्रबार १२:५३

भारतीय प्रधानमन्त्री मोदीको आलोचना गर्दा पत्रकारको कार्ड नै रद्द


नयाँ दिल्ली, कात्तिक २२ । लेखक तथा पत्रकार आतिश अली तासीरको ओभरसिज सिटिजन अफ इण्डिया (ओसीआई) पर्सन अफ इण्डियन ओरिजन (पीआइओ)कार्ड दिने विषयलाई लिएर विवाद उत्पन्न भएको छ । भारतले उनको ओसीआई कार्ड रद्ध गरिदिएको छ । गृहमन्त्रालयले यसको लागि उनको योग्यता पूरा नभएको दाबी गरेको छ । तर, आतीशले आफूलाई जवाफका लागि पर्याप्त समय नदिइएको जनाएका छन् ।

ओसीआई कार्ड भारतीय मूलका विदेशीलाई भारत आउन तथा काम गर्नका लागि दिने गरिन्छ । उसलाई मत दिने वा संवैधाननिक पद पद प्राप्त गर्ने जस्ता कुनै पनि अधिकार भने हुन्न । भारतीय मूलका मानिस (पीआइओ)लाई ओसीआई (विदेशमा रहने भारतीय) कार्ड दिने गरिएको छ । आतिश अली तासीरका पिता सलमान तासीर पाकिस्तानका उदारवादी नेता थिए । सलमानलाई उनका अंगरक्षकले पाकिस्तानमा ईश निन्दा कानुनको खिलाफ बोल्दा गोली हानेको थियो । तासीरकी आमा भारतकी चल्तापुर्जा पत्रकार तवलीन सिंह हुन् ।

अंग्रेजी न्यूज वेसाइट ‘द प्रिन्ट’ले आफ्नो एक स्टोरीमा जनाए अनुसार टाइम म्यागेजिनमा मोदीको आलोचना गरेका कारण उनको कार्ड रद्ध गरिएको हो । आतिशले अमेरिकाको प्रतिष्ठित पत्रिका टाइममा यो वर्ष को मे महिनाको अंकमा भारतका प्रधानमन्त्री मोदीको बारेमा लेख लेखेको थिए । २० मेको अंकमा अन्तर्राष्ट्रिय संस्करणको कभर पेजमा छापिएको लेखको शीर्षकमा नरेन्द्र मोदीको तस्विरको साथ ‘महाविभानजनकारी’ लेखिएको थियो । सो लेखका बारेमा भारतमा निकै विवाद भएको थियो । तर, गृह मन्त्रालयले भने द प्रिन्टमा निस्केको सामग्रीमा आपत्ति जनाएको छ । (बीबीसीबाट साभार)