जनता टाइम्स

२२ कार्तिक २०७६, शुक्रबार १६:१०

सारिका र ओमको अभिनयमा आशुँ बेच्ने शहर’ (भिडियोसहित)


काठमाडौं, कात्तिक २२

गायिका धना परियार र गायक डिजे प्रज्वलको स्वरमा रहेको लोकदोहोरी गीत ‘आशुँ बेच्ने शहर’ सार्वजनिक भएको छ । सारिका केसी र ओम छिनालले अभिनय गरेको उक्त गितमा प्रेमी प्रेमिकाविचको मायालु प्रेमको बास्तविक भोगाईलाई समेटेर तयार गरिएको हो ।

गीतमा मायालुको यादमा सपनाको संसारमा रमाउने प्रेमिल जोडीको मनको विरही भावलाई गीतमा समेटिएको छ । डिजे प्रज्वलको शब्द सिर्जना तथा संगीत रहेको गीतको भिडियोमा बविता श्रेष्ठको निर्देशन रहेको छ भने प्रकाश खड्काको छायांकन रहनुका साथै राजेश कुमारले सम्पादन गरेका हुन् ।