जनता टाइम्स

२२ कार्तिक २०७६, शुक्रबार १८:४२

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, यी हुन एजेण्डा


काठमाडौं, कात्तिक २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । नेपाली भूमि कालापानी र लिपुलेक आफ्नो भुभागमा पार्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि सो बिषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शनिवार ४ बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले शनिवार अपरान्ह ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा सर्वदलीय बैठक बोलाउनु भएको हो । सो बैठकमा संघीय संसद र प्रदेश संसदमा रहेका सवै दलका शीर्ष नेतासहित पूर्वपरराष्ट्रमन्त्रीहरुलाई आमन्त्रण गरिएको अधिकारीले जानकारी दिनुभयो ।  भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पयाधुरालाई आफ्नोतिर राखेपछि नेपालमा चर्काे बिरोध भइरहेको छ ।

परराष्ट्र मन्त्रालयले नेपाली भुभाग समेटदै भारतज जारी गरेको नक्स नेपाललाई मान्य नहुने सार्वजनिक घोषणा गरिसकेको छ भने भारतले उल्टै पुरानै नक्सा रहेको र नेपाली भुभाग नरहेको जिकिर गरेपछि नेपालमा भारतबिरोधी आन्दोलन चर्कदै गएको छ । सत्तारुढ नेकपाकै भातृ संगठन अनेरास्वबियूले देशब्यापी आन्दोलन चर्काएको छ भने भारतीय दुतावाससमेत घेराउ गरिसकेको छ । भारतको आपत्तिजनक कामको बिषयमा राष्ट्रिय सहमतिका साथ एउटै धारणा बनाएर भारतसँग मिचिएको सिमा फिर्ता गराउने प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनु भएको हो ।

‘प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर राष्ट्रिय सहमति कायम गरी भारतलाई आफ्नो गलत काम सच्याउन नेपालको तर्फबाट औपचारिक प्रस्ताव गर्ने र मिचिएको सिमा फिर्ता गराउने योजनाका साथ बैठक बोलाइएको हो,’ प्रधानमन्त्रीका एक सल्लाहकारले जनताटाइम्ससँग भने ।