जनता टाइम्स

२३ कार्तिक २०७६, शनिबार ०८:१७

हङकङमा भेटिए रौतहट काण्डमा सघाउने एसपी


काठमाडौं, कात्तिक २३ । रौतहट काण्डमा मुछिएका शसस्त्र प्रहरी रौतहटका तत्कालीन एसपी रामकृष्ण लामा हङकङमा भेटिएका छन् । लामालाई इन्टरपोल मार्फत नेपाल ल्याउने तयारी भइरहेको प्रहरी प्रधान कार्यलयले बताएको छ । पीडितहरूको उजुरीपछि उनको खोजीका लागि प्रहरी मुख्यालयमा रौतहट प्रहरीले पत्र पठाएको थियो ।

रौतहट हत्याकाण्डका मुख्य अभियुक्त आफ्ताब आलमविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा अदालतमा मुद्दा दायर भइसकेको छ । थुनछेक बहस चलिरहेको छ । आलमको निर्देशनमा बम विष्फोटका घाइतेलाई एसपी लामाको गाडीले स्कटिङ गरेर इँटाभट्टासम्म पुर्‍याइएको खुलासा भएको छ । उनीहरूलाई इँट्टाभट्टामा राखेर ज्युँदै जलाइएको थियो । करिब १२ वर्षअघि रौतहट जिल्लास्थित राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपी भनिएका नेपाली काङ्ग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलम पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य आलमलाई आइतवार बिहान पक्राउ गरेको हो। पहिलो संविधान सभाको निर्वाचनको पूर्वसन्ध्यामा ुबूथ कब्जा गर्ने उद्देश्यलेु बम बनाउने क्रममा विष्फोट हुँदा कम्तीमा दुईजनाको घट्नास्थलमै मृत्यु भएको थियो। तर उक्त घट्नामा परि घाइते भएका अन्य १३ जनालाई समेत जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि लागेको थियो। सोही अपराधमा एसपी लामाले सघाएको आरोप पीडितको छ ।