जनता टाइम्स

२३ कार्तिक २०७६, शनिबार १०:२४

सिमा विवादमा पूर्वमहान्यायाधीवक्ता संगौलाको आठ सुझाव, भारतलाई अन्तरास्ट्रिय अदालतमा लैजानुपर्ने माग


युवराज संग्रौला, पूर्वमहान्यायाधीवक्ता

नेपालको स्वतन्त्रता एकैमिनेटमा सकिन्छ भन्ने जस्ता भावनाबादी सोंचबिचारको समस्या सानो छैन नेपालमा। कालापानी नेपालको हो, र रहिरनुपर्छ। भारत ठुलो छ नेपाल सानो छ भन्ने मनोग्रन्थीबाट सबै प्रभावित भएको अवस्था छ, यथार्थमा तेहि कारणले कालपानीमा भारतको दादागिरी भएको हो। यदि देशको स्वतन्त्रता जोगाउने हो भने भारतले हाम्रो स्वतन्त्रता जोगाइदेवोस भनेर कामना गर्ने र सुंगुर निदाएझैं निदाउने प्रवृत्ति पहिला त्याग्नु अवास्यक छ। केही महत्वपुर्ण कुरामा बिमर्श गरौं।

१. नेपालको भुगोल चीन र भारतका बिचमा छ। यस्को तात्पर्य हो हाम्रो एक एक इन्च जमिन महत्त्वपुर्ण छ। यस जमिनलाई जोगाउने दाईत्व हाम्रै हो। तर २००७ साल देखि अहिले सम्म हामिले के गरेयौं ? अझ पन्चायत जोगाउन तेस्बेला यो जमिन भारतलाई ससस्त्र फौज राख्न दियौं। अहिलेका थुप्रै समस्या हिजो देखि आएका हुन। यस तर्फ पहिला गम्भीर विश्लेषण गरौं।

२. हाम्रो भुराजनितिक अवस्थाले नै रास्ट्रको सबभन्दा प्राथमिक काम कुटनैतिक ब्यबस्थापन हो भन्ने स्पष्ट छ। यसबाट सहजै अनुमान गर्न सकिन्छ, हाम्रो परराष्ट्र मन्त्रालय सबै भन्दा प्रभावकारी र सक्षम हुनु पर्छ। यससङ्ग वोर्ल्ड क्लास वा बिस्वलाइ बुझेर नेपालका समस्या र अवसरहरुको सदुपयोग गर्न सक्ने कुटनितिक विशेषज्ञहरु हुनुपर्छ। तर यो मन्त्रालयनै यस्तो एउटा मन्त्रालय हो, जस्ले विशेषज्ञहरुलाई प्रवेश निशेधगरेको छ। त्यो कुरा त यस्को अध्यन र अनुसन्धान गर्ने प्रतिश्ठानको दुरा अवस्थाबाटै जगजाहेर छ। यस्को काम राजदुतको जागिर दिने हो र बिदेश भ्रमणको चांजोपांजो मिलाउने हो जस्तो देखिन्छ। पार्टीका नेताका मानिस, लामो राजनीतिक त्याग गरेका मानिस र कर्मचारीलाई यस्ले राजदुतको जागिर दिन्छ। यो भन्दा बढी यस्ले देशको कुटनितीको अनुसन्धान गरेको, नयाँ मान्याताहरु बिकास गरेका प्रतिबेदनहरु पढेर बिद्यार्थीहरु दिक्षित गर्न त अहिले सम्म पाइएको छैन।

३. देशमा बिस्वस्तरका सिमाबिद छन तर परराष्ट्र उनिहरुलाई देशको सेवामा प्रयोग गर्दैन। कहिलेकांहि मन्त्रीज्युले भेट्नु हुंदो हो। देशको सिमाना ब्यबस्थापन गर्ने निकायलाई भुमिसुधार मन्त्रालयको मातहतमा राखेको छ। देशको परराष्ट्र मन्त्रीको हैसियत भुराजनितिक अवस्थाको महत्त्वका कारणले प्रधानमन्त्री सरहको ब्यक्तित्व भएको मानिस हुनुपर्ने हो, जस्ले बिस्वका घटना र परिघटनाको बिश्लेषण गर्दै नेपालको कुटनितिलाइ बाटो देखाउन सकोस। समकक्षीसंङ्ग बार्ता गर्न सकोस। कर्मचारीले लेखिदिएका नोटबाट कामचलाएर देश चल्दैन।

४. तेसैले यस समस्याको समाधान परराष्ट्र मन्त्रालयको बिस्तार, सुध्रीढिकरण, र विशेषज्ञताको निर्माण बाट हुनु पर्छ। उत्तर र दक्षिणका सिमानाको रेखदेख र अनुगमन गर्ने सिमाना नापनक्सा गर्ने छुट्टै आयोग परराष्ट्र मन्त्रालय मार्फत रहनुपर्छ र सिमानामा सानोतिनो मात्र समस्या देखियो भने यस्लाइ जिम्मेवार बनाउनु पर्छ। तेसैले अहिले रास्ट्रका हितमा उठेको अवाज केबल भावनात्मक अभिव्यक्तिमा सिमित रहेर, रास्ट्र्भित्र कर्मचारीतन्त्र र राजनीतिक अब्यबस्थाका बिशयले महत्व पाएनन भने देश झनै कमजोर हुनेछ।

५. परराष्ट्र मन्त्रालयका केही लक्षणहरु हेरौं। देशमा कुटनितिक समस्यामा यो नयाँ बेहुलि लजाएजस्तो लजाएर बस्छ। भारतको बिदेशमन्त्रालयले त घुसपैठ गर्नेहरुको खेल भनेर थर्काइसक्यो। के सडकमा आएका मानिस घुसपैठिया हुनरु होइनन भने तेस्को जवाफ किन नदिएको होलारु यस्का अधिकांश मानिस राजदुत हुन्छ्न, र उनिहरु तेस्पछी बिदेशमै बस्छ्न। उनिहरु भोलि एग्रीमो नआउने डरले केही बोल्दैनन बिदेशीका अत्याचारका विरुद्धमा। उनिहरुलाई रास्ट्रको आवश्यकता उनीहरुको प्रगतिका लागि मात्र हो। देश रहे पुग्छ, अलिकति जस्तो भएपनी, ताकी बिदेशी सडकमा मर्निङ्ग वाक गर्न पाइयोस्। उनीहरु धेरैका सन्तनान पनि बिदेशमै छ्न। कसरी होला रास्ट्रका स्वार्थको संरक्षणरु के सरकार यस समंबन्धमा छानबिन गर्न तयार छ। यस्ता कुरा लेख्ने हामी जस्ता सडकछापका (शिक्षकहरु)बोक्रा उकाइन्छ्न थाहा छ, तर पनि गलतलाई गलत भन्ने संस्कृतिको निर्माण गर्नै पर्छ।

६. तसर्थ अहिले सडकको आन्दोलनले केबल नकारात्मक राग अलापेर मात्र हुँदैन, अब राज्यका निकायका जिम्मेवारीको खोजीनिति पनि गर्नु पर्छ। अहिले बक्तब्यको बाढी लागेको छ। हरेक मानिसले बक्तब्य दिनु पनि पर्दैन। यो समस्याको समाधान खोज्ने निकाय परराष्ट्र मन्त्रालय हो। तेस्ले रास्ट्रलाई आस्वस्त पार्नुपर्छ। यसमा पनि प्रधानमन्त्रीले नै अगाडी आउनु पर्ने अवस्था देखियो। यो बिडम्बना हो। हाम्रो सिमा ब्यबस्थापनमा परराष्ट्रको भुमिका एक्दमै कम्जोर देखियो। ततकाल देशलाई बिश्वासमा लिने काम गर्नुहोस, र देशको बिज्ञतालाई एक ठाउँमा ल्याउनुहोस।आफन्त होइन देशभक्त बिज्ञ खोज्नुहोस। नोम चोम्स्कीहरुलाई हेला गर्दा केही फरक पर्दैन देशका हितका लागि बिज्ञ हनुमान वा गणेश सम्म खोजेर भएपनि देशको कुटनितिला चुस्त पार्नु आवास्यक छ।

७. कतिपयलाई कालापानी अरुलाइ हान्ने अवसर पनि बनेको छ। नारा कालपानीको छ, मक्सद राजनितिको छ। हिजो देखिनै यस्तो हुँदै आएको हुँदा, देशको स्वार्थ ब्यक्तिगत आंकाक्षाले समाप्त पार्दै आएको। देशको कुटनितीलाई राजनितिमा मौलाएको अनैतिकक्ताले कम्जोर बनायो। यो बेला देश एक ढिक्का हुनु पर्छ भन्ने ख्याल जाग्नु पर्छ। यस संबेदनसिल मुद्दालाई प्रयोग गरेर राजनीतिमा स्थान बनाउन खोज्नेहरुले देशलाई झनै घात गर्ने छ्न। अहिले भावाना भन्दा बढि बुद्धिको खोजी हुनुपर्छ। यसबारेका जान्कारहरुका सल्लाहले युवाहरु दिक्षित हुनुपर्छ। शक्ति देखाउनु पर्छ, तर बुद्धि परदर्सनगर्न।

८. यस बारेमा रणनीति बनाइयोस।
क. कालापानी नेपालको हो भन्ने प्रमाण सहित भारतलाई सरकारले पत्र पठालाइ र बर्तमान नक्सालाइ मान्न इन्कार गरेको सुचाना देवोस।
ख. सिमाबिदहरुको समुहलाई नेपालको आधिकारिक यथार्थता एकिन गरि उहाँहरुबाट रास्ट्रलाई दिक्षित गरि यस मामिलामा देशको एउटै अवाज निर्माण गरोस। भावनात्मक नारालेमात्र हानी पनि उतिकै गर्छन।
ग. नेपाली सेनाले परिस्थितिको अनुगमन गरि आफ्नो पोजिसन तयार पारोस।
घ. यस संबन्धी यथार्थता मित्र देशहरुलाई तत्काल जान्कारी गराइओस।
ङ. यो मुद्दामा भारतको अडान हैकमबादी भयो भने, विशेष बहस सुरुगरियोस जस्ले नेपाल भारत सबन्धको परिभाषा गरोस। यसभित्र सन १९५० को सन्धी पनि पर्छ।
च. आवश्यक पर्न सक्छ, अन्तरास्ट्रिय अदालतमा जान तयारी शुरु गरियोस।