भारत, कात्तिक २३ । एजेन्सी । भारका चर्चित हाँस्यकलाकार कपिल शर्मा चाँडै नै पिता बन्न लागेका छन् । पिता बन्ने समय आएपछि शर्माले आफ्नो कार्यक्रमबाट छुट्टी लिएका छन ।
केही महिनाअघि कपिलले ‘द कपिल शर्मा’ शोबाट १० दिन छुट्टी लिएका थिए । श्रीमती गिन्नी चतरथसँग समय बिताउनका लागि शोबाट उनले बिदा लिएका थिए । अर्को महिनादेखि कपिलले पुनः छुट्टी लिने भएका छन् । आफ्नी श्रीमती सुत्केरी हुने समयमा कपिल आफ्नो काम छोडेर श्रीमतीसँग बस्न चाहेका छन् ।
डिसेम्बर ११ देखि कपिल छुट्टीमा बस्न लागेका छन् । आफ्नो पूरै समय श्रीमतीसँग बिताउन चाहेको भन्दै उनले बताएका छन् । उनी डिसेम्बरमा पिता बन्दैछन् । उनी पुनः जनवरीको पहिलो हप्तादेखि ‘द कपिल शर्मा’ शोमा फिर्ता हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्