जनता टाइम्स

२५ कार्तिक २०७६, सोमबार ०८:३१

टी–१० खेल्न पारस युएई जाँदै


काठमाडौं, कात्तिक २५

नेपाली राष्ट्रिय क्रिकेट टोलीको पूर्वकप्तान पारस खड्का टी–१० लिग खेल्न आज संयुक्त अरब इमिरेट्स जाने भएका छन् । नोभेम्बर १५ देखि २४ सम्म हुने प्रतियोगितामा नेपालबाट पारससँगै सन्दीप लामिछानेले पनि खेल्दैछन् । तर, सन्दीप लामिछाने भने मंगलबारमात्र त्यसतर्फ प्रस्थान गर्नेछन् ।

गएको महिना टी–१० लिगको ड्राफ्ट सार्वजनिक भएको थियो । सन्दीप लामिछानेको नाम पहिलो चरणकै ड्राफ्टमा समावेश भए पनि पारसको नाम भने दोस्रो चरणमा आएको थियो । पारस अबुधाबी टिमबाट खेल्नेछन् । सन्दीप भने कर्नाटका टस्कर्सबाट खेल्नेछन् । हसिम अमला आइकनिक प्लेयर रहेको टस्कर्समा टम मुडीले प्रशिक्षण दिनेछन् । गएको सिजन सन्दीपले केरला नाइट्सबाट खेलेका थिए ।