जनता टाइम्स

२५ कार्तिक २०७६, सोमबार ०९:१७

भारतीय राजनीतिमा सावरकर माथिको विर्मश


विपिन देव

चुनावी अखडामा महापुरुषहरूको कृतित्वको पूँजीकृत गर्नु राजनैतिक दलहरूको संस्कार नै भइसकेको छ । यहॉ सम्म कि एक दलका स्थापित नेताको नामलाई अर्को राजनैतिक दलले अपहरित पनि गरेको पाइन्छ । भारतको सन्र्दभमा भन्ने हो भने सरदार बल्लले भाई पटेल, जो भारतीय काङ्ग्रेसका मूर्धन्य नेता मात्रै थिएनन् भारत एकीकरण गरेर लौह पुरुषको नामले दैदीप्यमान थिए, उनको नाम पनि भारतीय जनता पार्टीले अपहरित गरेर उनको स्मारक विश्वको सवभन्दा ठुलो वनाएर आफ्नो पक्षमा पू‘जीकृत गर्न सफल भए । भारतीय काङ्ग्रेसका अन्य मूर्धन्य एतिहासिक व्यक्तित्व लालबहादुर शास्त्री र नरसिंह रावको नामलाई पनि वि.जे.पी.ले अपहरित गर्ने तानावाना गर्दै छ । अहिले भर्खरै महाराष्ट्रको चुनावी अभियान वीर सावरकरको नाम सबभन्दा वढी चर्चामा देखियो । वि.जे.पी.ले चुनावी घोषणा पत्रमा नै आगामी दिनमा वीर सावरकरलाई भारतको सर्वोच्व नागरिक पुरस्कार “भारत रत्न” दिने वाचा पनि गर्यो । वि.जे.पी. यो चुनावी रणनीति माथि भारतीय काङ्ग्रेसले सावरकर विवादित व्यक्ति भएको देशको सर्वोच्व उपाधि वा सम्मान सर्वथा अनुचित हुने जिकिर गर्यो । यसै परिवेशमा हिन्दूत्व राजनीतिको पे्रणता सावरकरको व्यक्तित्व, कृतित्व, कवित्व र वक्तृत्वको वारेमा प्रस्तुत आलेखमा चर्चा गर्ने प्रयास गरिएको छ ।

सावरकर उच्च व्राह्मण कुलमा जन्मेका थिए । यस कुललाई चितपावन कुल भनिन्छ । वौद्धिक रूपले तिखारिएका यी चितपावन समूहमा एक से एक विलक्षण प्रतिभाहरू जन्मे । व्रिट्रिश लेखक रिर्चाड टेमपलले यी कुलका व्राह्मणहरू जन्म जात राष्ट्रवादी हुन जसलाई कुनै प्रलोभनले दिग्भ्रमित गर्न सकिदैन । प्रसिद्ध क्रान्तिकारी गोपाल कृष्ण गोखले पनि यही कुलमा जन्मेका थिए । सावरकर आठ वर्षको उमेरमा भारतको स्वतन्त्रताको लागि कविता लेख्ने गर्थे । अष्टभुजा भवानीसंग देश स्वतन्त्रताको लागि जीवनको उषाकालमा प्राथना गर्थे । १४ वर्षको उमेरमा थोमस फ्रेको “सेकरेट सोसाइटी” पढेर उनी निकै प्रभावित भए । यी पुस्तकमा क्रान्तिका केही शुत्रहरू उल्लेखित थियो । पुस्तकको सिद्धान्तलाई व्यवहारमा ल्याउन सावरकरले द्वैध संगठनको निर्माण गरे । सन् १९०३ ताका मित्र मेलाको माध्यमवाट विभिन्न चाड, पर्व र उत्सव मनाउथे र गोप्य रूपमा विट्रिस उपनिवेशको विरोध युवाहरूलाई संगठित गर्थे । विस्तारै विस्तारै मित्र मेलालाई परिणत गरेर “अभिनभ भारत” भन्ने संगठन बनाए ।

यसै क्रममा सावरकर उच्च शिक्षा प्राप्तिको लागि पूनेको फ्रगसन कॉलेजमा भर्ना भए । सन् १९०५ मा पूनेमा सावरकरले विद्यार्थी संगठनको मद्दतले विदेशी लत्ता कपडालाई जम्मा गरेर आगो लगाए । यो प्रतीकात्मक साम्राज्यवादी नीतिको विरोध थियो । गान्धी साहित्य र दर्शनको अध्येताको लागि यो रूचीकर हुन जान्छ कि गान्धीले कालान्तरमा विट्रिस लत्ता कपडालाई त्याग्न सावरकरको नीतिलाई नै अङ्गीकार गरे । पूनेमा आफ्नो अध्ययन समापन गरे पछि सावरकर कानुनको शिक्षा प्राप्तिको लागि वेलायत गए । सावरकर माक्र्सवादवाट त्यति प्रभावित देखिदैन । सावरकर इटालीको दर्शनवाट प्रभावित थिए । इटालीका क्रान्तिकारी मेजीनी र ग्यालिव्राडी सावरकरको प्रेरक शक्ति थियो । सावरकर वेलायत गएको वेला उनको भेट महात्मा गान्धीसंग भयो । सौह्द्रता र न्यायोपन विच सैद्धान्तिक वहस भयो । सावरकर गान्धीको अहिंसा र वैष्णव भोजनप्रति असहमति जनाए ।

अर्को असहमतिको पाटो हिन्दू धर्मको वर्ण व्यवस्था थियो । गान्धी वर्ण व्यवस्थालाई हिन्दू धर्मको प्रमुख आधार मान्थे भन्ने सावरकर हिन्दू धर्म भित्र जाति विहीन वा वर्ण व्यवस्थालाई पूर्ण रूपमा निस्तेज गर्न चाहन्थे । एकले अर्काको मार्गमा जान चाहदैन्थे । सावरकर विट्रिशहरूको विरोधमा सशस्त्र क्रान्ति गर्न चाहन्थे । लण्डनमा “इण्डिया हाउ‘स” क्रान्तिकारीहरूको वासस्थल थियो । क्रान्तिकारीहरूको ताती लागेको ठाउमा सावरकरले आफ्नो गतिविधिलाई सक्रियता दिए । विट्रिस अधिकारी लर्ड कर्जन यी गतिविधिहरू माथि गिद्धेदृष्टि राखेका थिए । अर्थात् सावरकरले लर्ड कर्जनलाई आफ्नो प्रमुख शत्रु वा वाधक भन्ने महसुस गर्थे । एक जना क्रान्तिकारी युवा मदनलाल ढिगरालाई पिस्तोल दिएर लर्ड कर्जनलाई हत्या गर्न सावरकरले निर्देश दिए । ठिगराले आफ्नो मृत्युलाई हातमा लिएर सावरकरको निर्देशनलाई पालन गरे । अर्को तर्फ सावरकर वेलायतमा अध्ययन गर्ने सन्र्दभमा अमेरिकी राज्य क्रान्तिलाई गम्भीरतापूर्वक अध्ययन गरे । अमेरिकी क्रान्तिमा “अमेरिकी वार अ‘फ इण्डिपेनडेनस” भन्ने कितावले प्रत्येक अमेरिकी नागरिकलाई राष्ट्रभक्तिको पाठवाट जागृत गरायो त्यस्तै भारतमा पनि क्रान्तिको शङ्खनाध गर्न एउटा वीरताको गाथा भएको पुस्तकको टडकारो आवश्यकता छ भन्ने सावरकरले महसुश गरे । सन् १८५७ मा भारतमा भएको क्रान्ति एउटा प्रेरणाको श्रोत थियो ।

सन् १८५७ मा भारतीय स्वतन्त्रताका लागि ठुला वलिदान भएका थिए । वहादुर शाह जफर र लक्ष्मी वाई जस्ता जाज्वलमान व्यक्तित्वहरू थिए । अर्थात् सन् १८५७ लाई आधार वनाई वीर सावरकरले “इण्डियन वार अफ‘ इण्डिपेनडेन्स” नामक पुस्तक लेखे । यो पुस्तक कालान्तरमा भारतीय क्रान्तिकारीहरूको लागि मूल ग्रन्थ नै सिद्ध भए । नेताजी सुभाष चन्द्र वोष, भगत सिंह, खुदी राम वोस जस्ता सबै उच्च तहमा नेतृत्व यस किताववाट प्रभावित भएको पाइन्छ । सावरकरको यो पुस्तक र उनको क्रान्तिकारी गतिविधिले गर्दा विट्रिस सरकार उनलाई हिरासतमा लिई मुद्दा दायर गर्न एस.एस. मोर्या भन्ने सामुद्रिक जहाजवाट भारत चलान गरे । समुद्रिक यात्राको क्रममा नै सावरकर सामुद्रमा हाम फाले । सैनिकले समुद्रमा गोली चलाए । पे्रmन्च समुद्री तटमा आखिर सावरकरलाई फेरि वन्दी बनाइयो । हेजमा मुद्दा दायर गरी अण्डोमाण निकोवारको सेकुलर जेलमा दुई जीवनको कारावास सावरकरलाई दिइयो । भारतको स्वतन्त्रता इतिहासमा सावरकर मात्रै यस्तो नेता हो जसलाई दुई जन्म (अर्थात ५० वर्ष) को सजाय सुनाइयो ।

संसारमा सबभन्दा पीडा पाउने जेलको रूपमा सेकुलर जेललाई लिइन्थ्यो । कैदीलाई गोरु बनाएर तेल पेल्ने काम गरिन्थ्यो । सावरकरको जेल जीवनको सन्र्दभमा धेरै पुस्तक र लेखहरू छन् । जेलको पर्खालमा किल्लाको मद्दतले सावरकर १० हजार हरफ भारतीय स्वतन्त्रताको लागि कविता लेखेका थिए । उच्च कोटीको कवि भएकोले गर्दा उनले राती चन्द्रमासंग काव्य शैलीमा सम्वाद गर्थे जसमा उदेवग र संम्वेग हुने गथ्र्यो । सावरकर “रत्नागिरी” भन्ने ठाउ‘मा मन्दिर बनाएर अछुत वर्गलाई प्रवेश गराएका थिए । मन्दिरको पुजारीमा शुद्रलाई चयन गरेका थिए । तत्कालीन समाजमा यो ठूलो समाजिक र धार्मिक क्रान्ति थियो । सावरकरको कविता “वाल विधवा” वहुतै रोचक छ । नारी करूणालाई काव्यको माध्यमवाट नारी चेतना जगाउ‘ने काम तत्कालीन समयमा सावरकरले नै गरे । सावरकर “हिन्दू महासभा” का प्रणेता थिए । उनको प्रमुख पुस्तक “हिन्दूत्व” हुने जुन वि.जि.पी. को वैचारिक स्तम्भ हुन । “हिन्दूत्व” भन्ने पुस्तकको मर्म के हो भन्ने भारतीय हुनको लागि भारतलाई मातृभुमी मानेर मात्र सम्भव छैन । भारतीय हुनको निम्त भारतलाई पुण्यभूमि मान्नु पर्छ । सावरकरको यो अवधारणावाट भारतका मुसलमान समुदाय निकै चिडिए ।

सावरकर कवि, लेखक, चिन्तक नेता र समाज सुधारक भए तापनि सावरकारलाई भारत रत्न दिनु हुन्न भने भारतीय काङ्ग्रेस, भारतीय कम्युनिष्ट र मुस्लिम केन्द्रित पार्टीहरूको अवधारणा रहेको छ । यसका धेरै पाटाहरू छन् । गान्धी हत्यामा सावरकर पनि आरोपित थिए । उनलाई पनि हिरासतमा लिएको थियो । पछि अनुसन्धानले सावरकरलाई दोषी मानेन । तर गान्धीका हत्यारा नाथु राम गाडेसेको सम्बन्ध हिन्दू महासभासंग भएको हु‘दा सावरकर पनि विवादमा मुछिएको थियो । भारतका पूर्व काङ्ग्रेसी नेता मणिशंकर अयरले सावरकरलाई भारत विभाजनको दोषी मान्दछन् । उनको तर्क अनुसार सावरकरले मुसलमान समुदायलाई अवहेलित गरेका छन् । मुसलमानको लागि भारत पुण्य भूमि होइन् । सावरकरले अङ्ग्रेजसंग माफी मागेको कुरा पनि काङ्ग्रेसले दावाको साथ भन्ने गर्दछ ।

तर वि.जे.पी.ले सावरकरलाई महान् नेतृत्वको रूपमा स्वीकार गर्दछ । अटल विहारी वाजपेयीले सावरलाई तीर, तरवार, त्याग र तपस्वीको समिश्रण हो भन्ने पर्दछ । वाजपेयी सावरकरको उच्च मूल्याङ्कन गर्दै के भनेका छन् भने सावरकर न भएको भए क्रान्तिकारीहरूमा जोस, र्जागर, उत्साह र उमङ्ग सम्भव थिएन । सावरकरको व्यक्तित्वको दुइटै पाटो हेर्दा उनको क्रान्तिकारी स्वरूप, समाज सुधारक व्यक्तित्व र साहित्यिक छापलाई नजर अन्दाज गर्न सकिंदैन । भारत रत्न त एक विम्व हो । यस विम्वले नागरिकलाई सचेत र उत्साहित बनाउ‘छ । सन् १९१४ मा मोदीले सपथ ग्रहण गर्ने वित्तिकै सावरकरको प्रतिमामा माल्यार्पण गरेका थिए । अर्थात् मोदी सावरकरको धरोहरलाई विस्मृतिमा राख्न चाँहदैनन् । वास्तवमा कालान्तरमा डा. श्यामा प्रसाद मुखर्जी, हेडेगवर, ग्वालकर दीन दयाल उपाध्याय सावरकरको पद चिन्हमा नै हिनेका हुन् । यस अर्थमा जन्ताले सावरकरको विचारलाई अनुमोदित गरेका छन् । त्यसर्थ सावरकरलाई सर्वोच्व नागरिक पदक दिनु अपराध हु‘दैन कि कि जनता सरकार चयन सावरकरको सिद्धान्तलाई नै अभिमत दिएका छु ।