जनता टाइम्स

२६ कार्तिक २०७६, मंगलवार ०८:४८

लता मंगेशकर गम्भिर विरामी, आइसीयुमा उपचार हुदै


दिल्ली, कात्तिक २६

भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकर सिकिस्त बिरामी भएपछि मुम्बईस्थित ब्रीच कैंडी अस्पतालमा भर्ना गरिएको छ । मंगेशकरलाई इन्फेक्सन भएको जनाइएको छ ।

लताको तर्फबाट अनुशा श्रीनिवासनले भनिन्,‘लताजीलाई छातिमा भाइरल इन्फेक्सनको समस्या थियो । उहाँको उमेरको ख्याल गरेर ब्रीच कैंडी अस्पतालमा भर्ना गरिएको हो । उहाँको अवस्था स्थिर छ र सुधार हुँदै गइरहेको छ ।’

समाचार एजेन्सी पीटीआइका अनुसार उनलाई सोमवार दिउँसो अस्पताल लगिएको हो । उनको हालत गम्भीर भएको र उनलाई अहिले आइसीयुमा राखिएको छ । भारत रत्न तथा दादा साहब फाल्के जस्ता सम्मान पाएकी लता भारतीय सिनेमा जगतका सर्बश्रेष्ठ गायिकाका रुपमा चिनिन्छन् ।