जनता टाइम्स

२५ बैशाख २०७६, बुधबार १६:१०

दोलखामा कांग्रेसको जागरण अभियान, कार्यकर्ता देखेर नेता चिन्तित


दोलखा, वैशाख २५

नेपाली कांग्रेसले आजबाट देशभरी नै जागरण अभियान शुरु गरेको छ । कतै गमलामा रुख त कतै फुल रोपेर अभियान शुरु गरिएको हो । तर जागरण अभियानको उपस्थितिलाई लिएर कांग्रेस नेतृत्व नै असन्तुष्टि व्यक्त गर्न थालेको छ ।

तस्विरमा देखिएको दृश्य दोलखाको चरिकोटको जहा मुस्किलले ५ दर्जन मानिस भेला भएका छन् । राष्ट्रिय जागरण अभियान कार्यक्रम भनिए पनि कांग्रेस दोलखाको अभियानमा नेताको उपस्थिति बाक्लै रहे पनि कार्यकर्ता र शुभेच्छुकको उपस्थिति भने अत्यन्त नगन्य थियो ।

यसअघि सम्पन्न संघीय निर्वाचनमा करिब २७ हजार मत प्राप्त गरेको कांग्रेस दोलखाको जागरण अभियानको उद्घाटन समारोहमा कार्यकर्ताको फितलो उपस्थिति रहेपछि नेतृत्व आफै आश्चर्यमा परेको छ । उक्त उपस्थितिले कांग्रेस दोलखाको जागरण अभियान कहाँ पुग्ने हो भन्ने नेपाली कांग्रेसका नेता कार्यकर्ता नै चिन्तामा परेका छन् । (तस्विर – अन्नपूर्णपोष्ट)