जनता टाइम्स

२६ कार्तिक २०७६, मंगलवार १२:१८

टाइट जीन्स लगाउने युवतीलाई हुन्छ यस्तो गम्भीर स्वास्थ्य समस्या


काठमाडौं/एजेन्सी । तपाई फेसन वा आकर्षक देखिने लोभमा टाइट जिन्स लगाउँदै हुनुहुन्छ ? सावधान, एक अध्ययनले टाइट जिन्स लगाउने युवतीमा गम्भीर स्वास्थ्य समस्या देखिने गरेको खुलासा गरेको छ । आधुनिक जीवनशैली अपनाएर स्टाइलिश देखिने चक्करमा युवतीहरूले आजकल टाइट जीन्स लगाउने फेशन निकै चलेको छ । आफ्नो फिगर राम्रो देखिन्छ र सबैलाइ आकर्षित गर्न सकिन्छ भनेर पनि टाइट जीन्स लगाउदा स्वास्थ्यलाई हानि गरिरहेका हुन्छ । यसबारेमा सबैलाइ थाहा नहुन पिन सक्छ । पर्फेक्ट फिगरको चक्करमा क्यान्सर र हृदयघात जस्ता गम्भीर रोग निम्तिरहेका हुन्छन् ।

एक अध्ययनले देखाएअनुसार टाइट जीन्स लगाउँदा गर्भाशय साँघुरिन्छ र बाँझो हुने खतरा बढ्छ । यस्तो जीन्सले पेटलाई निकै थिच्छ र पछि गएर समस्या आउँछ । युटेरसमा संक्रमण हुन्छ र समयमै उपचार नपाइएमा ट्युबमा स्थायी ब्लकेज आउँछ र पछि गएर आमा बन्न पनि समस्या हुने विज्ञहरूको भनाई छ। टाइट जीन्स लगाउँदा महिला र पुरुष दुवैमा कम्मर र पिठ्युँसम्बन्धी समस्या पनि निम्तिन्छ । यसले गर्दा मांसपेशीमा जोड पर्छ र नितम्ब स्वतन्त्र रूपमा हल्लिन पाउँदैनन् । यसैले गर्दा महिलाहरूमा स्लिप डिस्कको पनि समस्या आउँछ ।

टाइट जीन्सका कारण गोडाका नसामा भएका भल्भ कमजोर हुन्छन् अनि नसा फैलिन थाल्छन् जसबाट गाँठो बन्छ । अनि गोडा बाउँडिने समस्या पनि बढ्छ । साथै यसले मुटुरोग पनि निम्त्याउँछ । रक्तसञ्चार रोकिने भएकाले मुटुसम्म सही मात्रामा रगत नपुगृर मुटुरोगका साथै हृदयघातको सम्भावना बढ्छ । स्वास्थ्य अनुसन्धानकर्ताहरूले यस्तो जीन्स लगाउँदा छालाको क्यान्सरको जोखिम निकै बढ्नेसमेत बताएका छन् । अनुसन्धानमा संलग्न बिज्ञहरुले टाइट जिन्स नलगाउन पनि सुझाएका छन ।