जनता टाइम्स

२६ कार्तिक २०७६, मंगलवार १९:२८

छवि र सिल्पा अव जाने भए जेल, सर्वाेच्च अदालतले दियो यस्तो आदेश


काठमाडौं, कात्तिक २६ । सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेलले हालेको रिट खारेज गरेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले सिल्पाको रिट आज खारेज गरेको हो ।

बहुबिबाहको आरोपमा निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमाले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेपछि शिल्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । हेमाको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएपछि फरार रहेर पोखरेल सर्वोच्च पुगेकी थिइन् ।

सर्वोच्चले रिटमा प्रारम्भिक सुनुवाइ गर्दै पक्राउ गर्न नपर्ने आदेश दिएको थियो । तर अहिले सर्वोच्चले उनको रिट खारेज गरिदिएको हो । अदालतको यो आदेशसँगै अव छवि र सिल्पालाई पक्राउ गर्ने बाटो खुलेको छ ।