जनता टाइम्स

२७ कार्तिक २०७६, बुधबार ०९:१७

बंगलादेशका राष्ट्रपतिले आज महत्वपूर्ण भेटवार्ता गर्दै, यस्तो छ समयतालिका


काठमाडौं, कात्तिक २७

नेपालको भ्रमणमा रहनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज महत्वपूर्ण भेटवार्ता गर्दै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चारदिने भ्रमणका क्रममा मंगलबार दिउसो काठमाडौं आईपुग्नु भएका राष्ट्रपति हमिदका सबैजसो महत्वपूर्ण भेटघाट आज हुदैछ ।

मंगलबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिष्टाचार भेटवार्ता गर्नुभएका उहाले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दैहुनुहुनछ । आज बिहान १०ः५० देखि ११ः५ सम्म राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले भेटवार्ता गर्दै हुनुहुन्छ । ११ः१० देखि ११ः२५ सम्म नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, २ बजेबाट २ः१५ बजे सम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम तय भएको छ । २ः४० देखि ३ः१० सम्म प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी राष्ट्रपति समक्ष शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । ३ः१५ बाट ३ः३५ सम्म उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ्गले भेट्ने कार्याक्रम पनि रहेको छ ।

४ बजे बंगलादेशका राष्ट्रपति शितल निवासका लागि प्रस्थान गर्नुहुनेछ । ४ः३० देखि ५ बजेसम्म उहाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । ५ बजेर १५ मिनेट जाँदा उहा म्यारिएट होटलमा फर्कनुहुनेछ । ६ बजेर १५ मिनेट जाँदा उहाको सम्मानमा नेपाली समकक्षी विद्यादेवी भण्डारीले आयोजना गर्ने रात्रिभोजका लागि होटल याक एण्ड यति तर्फ प्रस्थान गर्नुहुनेछ । ६ः३० बजेबाट ९ बजे सम्म रात्रिभोजको कार्यक्रम रहेको छ ।