जनता टाइम्स

२८ कार्तिक २०७६, बिहीबार ०६:५३

कालापानीको ढुङ्गाले खुकुरीको धार लगाउने बेला आयो


 रबिन श्रेष्ठ ‘रगत’

नेपाल भारत सिमानामा रहेको नेपाली भूमि कालापानी–लिपुलेक लिम्पियाधुरालाई भारतले शक्तिको आडमा एकपक्षीय रुपमा आफनो भुमि भएको भन्दै राजनैतिक नक्सा निकालेको छ । भारतीय बिदेश मन्त्रालयका प्रवक्ताले अहमताका साथ नेपाली भुमि आफ्नै भुमि भएको दावी गरेता पनि यो भूमि नेपालकै हो ।

नेपाली भुमिमा लामो समयदेखि अतिक्रमण गरी बसेको भारतले सिमानामा बिबाद निकाली हडप्ने कोशिष गरेको कुरा सर्बविदितै छ । दाइको अगाडि भाइ बोल्न नसकेर डर माने जस्तो, समाजमा गन्य मान्य टाठो बाठो दाइले भाइको सम्पतिमा कुदृस्टी लगाएर साँध मिच्या जस्तो बेला बेलामा भारतले नेपालको सिमाना मिच्दै आएको छ । हिजोका नेपालका साशक मुकदर्शक बने, जस्ले भारतको मनोवल थप बलियो बन्यो । आज त्यस्तो अवस्था छैन । परिस्थितिमा फेरबदल आएको छ ।

सिंगो देश एक बनेको अवस्था छ, सीमा रक्षाको खातिर । सरकारले कुटनीतिक पहल थालिसकेको छ । अव नागरिक तहमा पनि बिगतको गौरुवगाथा भारतलाई सम्झाउने बेला आएको छ । बिश्वको इतिहासमा हामी नेपालीको आफ्नै पहिचान छ, आफ्नै स्वाभिमान छ । दुई देशको बिचमा रहेको सानो देश भए पनि नेपालको इतिहास गर्विलो छ, छाती चौडा छ, जहाँ हामी हार्न जानेका छैनौं । सयौं बर्षसम्म ब्रिटिश सरकारले गुलामी गर्न बाध्य बनाएको देश हो भारत । ब्रिटिश सरकारको इस्ट इन्डिया कम्पनीको अधिनायकत्वमा बर्षौंसम्म अधिनस्त भारत बन्यो । तर भारतले विश्व इतिहासमा कहिल्यै नहारेको अनि झुक्दै नझुकेको वीर गोर्खालीको देशको भुमि अतिक्रमण गर्ने जुन दुस्साहास गरेको छ, त्यो स्विकार्य छैन र हामी नेपालीको स्वाभिमानले पनि दिँदैन ।

अव सहजताका साथ भारत पछि हटदैन भने यस्ता दुस्साहसलाई निस्तेज पार्न, कालापानी, लिपुलेक र लिम्पियाधुराको ढुङ्गामा खिया लागेर बसेको खुकुरीलाइ झिकेर धार लगाउनुपर्छ । धारिलो बनाइ देशको स्वाधीनता, स्वाभिमान र आफ्नो मातृभुमिको खातिर सिरुपाते खुकुरीले छ्प्काउनु पर्छ । जङ्गे पिलरमा त्यही रगतले आफ्नो भुमिको सिमाना कोदै चन्द्र सुर्य अंकित झन्डा फरफहराउनु पर्छ । सीमानामा नेपाली सेना पठाउनु पर्छ । देशको सिमानामा कसैले धावा बोल्छ भने त्यस्को प्रतिक्रिया सैन्इ बलदेखि नागरिकसम्मले दिनुपर्छ ।

हामी बिश्वको सिरमा छौं र हाम्रो सिरको कुनै पाखा कसैले छुन खोज्छ भने एकचोटि वीर पुर्खाहरुलाइ सम्झेर आफ्नो अस्तित्व जोगाउनलाई एकजुट भै आइलाग्नेमाथि जाइलाग्नु पर्छ । भारतले नेपाल सधै भारतमुखी होस, आयात निर्यात भारतकै मार्ग हुँदै गरोस भन्ने चाहान्छ । नेपालमा राजनैतिक झमेला गराइ त्यस्को प्रत्यक्ष फाइदा आफुले लिन्छ । नेपालको राजनैतिक पहुच विश्व स्तरमा नपुगोस भन्ने चाहान्छ । यसर्थ हामी नेपाली यसरी पनि बुझ्न सक्छौ कि यदि नेपाल भबिष्यमा एकाएक शक्ति राष्ट्र बन्यो भने हिजो नेपालले गुमाएको भुभाग खोस्न पनि सक्छ भन्ने त्रास छ भारतसँग ।

यसैले भारतको भूमि नछोइकन कालापानी लिपुलेख हुँदै चाइनाको बाटो हुँदै पाकिस्तानको बन्दरगाहसम्म पुग्न सकिने कालापानी लिपुलेकलाई आफ्नो भुमी भनी कब्जा गरी नेपाललाई आफ्नो मुठिमा राख्न हेपाहा प्रवृत्ति देखाउदैछ । नेपालले भारतको सहकार्यबिना प्रगती नगरोस, अन्य बाटोहुँदै कुनै पनि कार्य नगरोस भन्ने चाहान्छ भारत ।

जुन कुरा हामी नेपालीलाई स्विकार्य छैन । यस्को लागि हामी वीर गोर्खाली जस्तोसुकै मुल्य चुकाउन पनि पछि पर्ने छैनौं । नेपालमा उपनिर्बाचनको माहोल ताती राखेको छ । नेपाली जनता त्यही माहोलमा झुमिहाल्छन र भुमी कब्जा गर्ने योजना सफल हुन्छ भन्ने जुन अस्त्र प्रयोग भारतले गरेको छ। त्यस्तो कदापी हुन दिनु हुन्न । यस्तो अबस्थामा सम्पुर्ण देशप्रेमीहरु राष्टियताको झण्डा बुलन्द गर्दै एक ठाउँमा उभिनुपर्छ । तसर्थ पार्टीको झन्डा होइन, देशको झन्डा उठाउ, सरकारलाई झकझक्याउ र आफ्नो मातृभुमिको रक्षा गरौं । सरकारले छिटो भन्दा छिटो कुटनैतिक प्रयासबाट यो समस्या सुल्झाउनु पर्छ । अन्यथा इतिहासले हामीलाई धिक्कार्ने छ । जय देश, जय स्वाभिमान

(लेखक स्याँजाको चापाकोट नगरपालिका ८ रत्नपुर निवासी हुन)