जनता टाइम्स

२८ कार्तिक २०७६, बिहीबार १०:०१

पिसिएलको ड्राफ्टमा सन्दिप, छनौट भए करिव डेढ लाख डलर पारिश्रमिक पाउने


काठमाडौँ, कात्तिक २८

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग क्रिकेटको ड्राफ्टमा परेका छन् । सन्दीप प्लाटिनम क्याटगोरीमा रहेका छन् । यसअघि पीएसएलमा सन्दीपले लाहोर क्वालान्दर्सबाट खेलेका थिए ।

सन्दिप यसपटक छनौटमा उनले कम्तिमा पनि एक लाख ४७ लाख डलर पारिश्रमिक पाउने पक्का हुनेछ । यो क्याटगोरीमा २ लाख १८ हजार डलर मूल्यसम्म खेलाडी आबद्ध हुन सक्छन् । पाकिस्तान सुपर लिगका लागि नोभेम्बरको अन्तिममा खेलाडीको लिलामी हुनेछ ।

सन्दीप रहेको प्लाटिनम क्याटगोरीमा २८ विदेशी खेलाडी छन् । एक टोलीले सबै क्याटगोरीमा मिलाएर बढीमा पाँच विदेशी खेलाडी आबद्ध गर्न पाउने छ्न ।