जनता टाइम्स

२८ कार्तिक २०७६, बिहीबार १७:०३

किर्तिपुरमा सचिन तेन्दुलकरले क्रिकेट खेल्ने


काठमाडौं, कात्तिक २८

भारतीय पूर्वक्रिकेट सचिन तेन्दुलकरले राजधानीको किर्तिपुरमा क्रिकेट खेल्ने भएका छन् । तेन्दुल्कर र नेपालका पूर्वकप्तान विनोद दासको टिमबीच प्रदर्शनी क्रिकेट खेल हुन लागेको हो ।

युनिसेफको कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउन लागेका सचिन र विनोदको टिमबीच आगामी शनिबार खेल गर्न ग्राउन्ड स्टाफलाई तयारी अवस्थामा राखिएको छ ।

यद्यपी अहिले नै खेलको बारेमा पूर्वजानकारी दिइएको छैन । खेल बिहान १० बजेदेखि हुने र १० ओभरको हुने बताइएको छ । दुबै टिममा स्कुलका बालबालिका सहभागी हुनेछन् ।