जनता टाइम्स

२९ कार्तिक २०७६, शुक्रबार ०६:४१

समृद्ध नेपाल निर्माणमा सघाउन अवैतानिक वाणिज्यदूतहरूलाई राष्ट्रपति भण्डारीको आग्रह


काठमाडौं, कात्तिक २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माण गर्ने नेपालीको आकांक्षा साकार पार्ने दिशामा हरसम्भव सहयोग उपलब्ध गराउन अवैतानिक वाणिज्यदूतहरूलाई आग्रह गर्नुभएको छ ।

नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन र वाणिज्यदूतहरूको विश्व सङ्गठन (एफआइसिएसी)को क्षेत्रीय सम्मेलन भाग लिन आएका अवैतनिक वाणिज्यदूतहरूसँग  विहिवारअपराह्न राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको सामूहिक भेटमा उहाँले नेपालको प्रतिष्ठा वृद्धिमा वाणिज्यदूतहरूले निर्वाह गर्नुभएको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

अवैतनिक वाणिज्यदूतहरू नेपालका विद्वत्वर्गमात्र नभएर नेपाल भ्रमण वर्ष २०२० का सद्भावनादूतसमेत भएकाले उक्त राष्ट्रिय महायज्ञलाई सफल पार्न अनुरोध गर्नुभएको एचसिसीएनका डीन प्रदीपकुमार श्रेष्ठले बताउनुभयो ।

राष्ट्रपतिले एचसिसीएनका सदस्यहरूको परिचय समेटेर प्रकाशन गरिएको ‘ह्याण्डबुक’ को विमोचन गर्नुभयो । डीन श्रेष्ठले एचसिसीएनका गतिविधिबारे जानकरी गराउनुभएको थियो ।