जनता टाइम्स

२९ कार्तिक २०७६, शुक्रबार ०७:०१

भारतको सबैभन्दा ठूलो गैर–सैनिक पदक भारत रत्न पाउने लता मंगेशकरको स्वास्थ्यमा सुधार


 

काठमाडौं,  कात्तिक २९ ।  स्वर कोकिला लता मंगेशकरको स्वास्थ्यमा सुधार भइरहेको र उनको स्वास्थ्य अहिले स्थिर रहेको छ । लता मंगेशकरका तर्फबाट अनुशा श्रीनिवासनले यो जानकारी दिएकी छन् ।

अनुशाले एक बयान जारी गरेर भनेकी छन्, ‘लता दिदीको स्वास्थ्यमा सुधार भइरहेको छ । हामीलाई आशा छ कि उहाँ छिट्टै पूर्ण रुपमा स्वस्थ बन्नु हुनेछ र हामी उहाँलाई घर लैजान सक्नेछौँ । ’

बिहीबार सामाजिक सञ्जालमा लता मंगेशकरको स्वास्थ्य अवस्थालाई लिएर गम्भीर चिन्ता जनाइएको थियो । त्यसपछि लता मंगेशकरका तर्फबाट बयान जारी गर्दै भनिएको छ, ‘लता दिदीको हालत स्थिर छ । उनको स्वास्थ्यलाई लिएर चिन्ता जताउने र प्राथना गर्ने सबैलाई धन्यवाद् । ’

गत सोमवार लता मंगेशकरको टाउकोमा इन्फेक्शन भएपछि उनलाई मुम्बईको ब्रीच कैण्डी अस्पतालमा भर्ना गरिएको थियो । भारत रत्न र दादा साहब फाल्के जस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतकी सर्वश्रेष्ठ गायिका मानिन्छन् ।

२८ सेप्टेम्बर, १९२९० एक भारतिय गायिका हुन। उनी भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पार्श्व गायिका हुन। सन् १९४२मा गाउन शुरु गरेकि उनले एक हजार भन्दा बढी बलिवुडका चलचित्रहरूमा ३६ भाषाहरूमा स्वर दिएकि छिन। उनी आशा भोसले, ह्रिदयनाथ मंगेशकर, उशा मंगेशकर र मीना मंगेशकरको दिदी हुन। भारतको सबैभन्दा ठूलो गैर–सैनिक पदक भारत रत्न पाउने उनी केवल दोस्री गायिका हुन।

मंगेशकर गिनिज बुकमा सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गितहरू रेकर्ड गराउने गायिकाको रूपमा दाखिल थिईन। उनले १९४८ देखि १९७४ सम्म् तिस हजार गितहरू रेकर्ड गराएकि थीइन। तर यो पनि भनिन्छ कि उनकै बहिनी आशा भोसलेले त्यो भन्दा बढी गीत रेकर्ड् गराएकी थिईन ।