जनता टाइम्स

२९ कार्तिक २०७६, शुक्रबार ०८:५०

भारतीय नागरिकले दसगजाको बीचमा हुने पिलर नै नाघेर नेपालतर्फ पसल


काठमाडौं, कात्तिक २९ । भारतीय सीमास्थित अधिकांश दसगजा क्षेत्र अतिक्रमणको सिकार बनिरहेको छ। सर्लाहीमा भारतसँगै जोडिएको ४६ किलोमिटर सीमा क्षेत्र पर्छ।

दसगजालाई ‘नो म्यान्स ल्यान्ड’ पनि भनिन्छ र यहाँ मानव बसोवास गर्न नमिल्ने अन्तर्राष्ट्रिय मान्यता छ। तर नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा भने कतिपय नाकाहरुमा बजार नै स्थापना भइसकेको छ।

नेपाल–भारत सीमा जोड्ने दसगजालाई कसैले प्रयोग गर्न नपाउने प्रावधान रहेपनि त्यसैमा यहा“ बस्ती छ । अझ दसगजामा रहेको पिलरमै गाई, गोरु बा“ध्नेलगायतका दैनिक कामकाज हु“दै आएको पाइएको छ । कतिपय ठाउ“मा त दसगजामै धारा गाडिएको छ । सोही गाउ“का फकिरे नाउ वारि आफ्नो घरमा सुतेपनि बिहान दसगजामा बसेर मुख धुनु उनको दैनिकी हो ।

अधिकांश मानिसहरुको घर नेपालमा, सीमावारि छ भने गोठ सीमापारी भारतमा रहेको छ । त्यस्तै भारतीय नागरिकका घर पारि नै भएपनि गोठ र खेतीपाती नेपालतर्फ रहेको पाइएको छ । विष्णु गाउँपालिकाअन्तर्गत सिमरा फेनरा नाकामा त भारतीय नागरिकले दसगजाको बीचमा हुने पिलर नै नाघेर नेपालतर्फ पसल बनाएका छन्। नेपालतर्फ पनि दसगजा क्षेत्रभित्रै पसल थापिएको छ।

त्यस्तै बलरा नगरपालिकाअन्तर्गत बसभिट्टा नाकामा पनि दसगजाको बीचमा हुने ठूलो पिलरसँगै टाँसिएर घरटहरा बनाएर दुवैतर्फका नागरिकले बसोबास एवं व्यापार व्यवसाय गरिरहेका छन्।

अर्नाहा गाउँस्थित दसगजामा भने नेपाली नागरिकले खेतीपाती गरेका छन् भने परालको टाल राख्ने, चौपाया बाँध्न प्रयोग भएको छ। खेतीपातीका कारण सानाखाले पिलर नै छोपिएर देखिन छाडेका छन्। खोलाले छुट्याएको बाहेक स्थानमा दुवै देशतर्फका नागरिकले दसगजामा अतिक्रमण गरेका छन्।