जनता टाइम्स

२९ कार्तिक २०७६, शुक्रबार १५:५५

भारतको कब्जाबाट कालापानी–लिपुलेक फिर्ता ल्याउन युवराज संगौलाले दिए यी पाँच सुझाव


काठमाडौं, कात्तिक २९ । राष्ट्रियताको बिषयमा कसैसँग संझौता नगर्ने पूर्वमहान्यायाधिबक्ता डा. युवराज संग्रौलाले राजनीतिक नेतृत्व र पत्रकारलाई पाँच सुझाव दिनुभएको छ । भारतले नेपाली भुमि अतिक्रमण गरिरहेको बेला पूर्वमहान्यायाधिबक्ता संग्रौलाले भारतसँग बिवेक प्रयोग गरी बार्ताबाट समस्याको समाधान गर्नुपर्ने सुझाउनु भएको छ ।

यस्तो छ संग्रौलाको बिचार

आजसम्म राजा, नेता र नेताका जागिरे सल्लाहकारलार्ई बोलेर, भनेर र लेखेर बुझाउन नसकेको एउटा कुरा हो यो देशमा ‘देशमा अति ज्यादा बिदेशीहरुको प्रपन्च भयो’ तेसलाई करेक्सन गरौं । जति पनि विवाद आज छ्न, जसरी नेताहरुका साखमा आक्रमण भयो, कहिँ न कहिँ यहि कुरा छ । देशका विद्वानहरुको पनि यहि हालत हो । यसलाई लेख्ने र बोल्ने मानिस पनि उस्तै भए ।

१. राज्दुताबासका पार्टी खान पत्रकार, वकिल, बुद्धिजीवी जानै पर्ने ? किन र खान पाको छैन ? बिदेशीको जुठो खान पनि नछाड्ने, हामी राष्ट्रबादी हुन पनि नछाड्ने । अहिले भर्खर केही पत्रकार साथीहरू भारतीय राजदुताबासमा भोज खाएर आउनु भो भनेर सामाजिक सञ्जालमा आयो । त्यहाँ नाम हुनेहरुमाथि मेरा अस्थाका मित्र हुनुहुन्छ । मलाई पीडा भएको छ । देशमा एउटा गम्भीर मुद्दा उठिरहेको बेला किन यस्तो भयो ? मैले पीडा अनुभुती गरेको छु । तपाइँहरु नगको हो भने, यो प्रचार देशलार्ई बरबाद गर्नेकै खेल हो । तपाइँहरु जानू भको हो भने, किन ?

२. नेताहरु, तपाइँहरुलार्ई जासुसैले सिध्याए भन्छन । मरेपछि सन्तानले सम्मान गरून, लासमा झिगां नभन्किउन भन्ने सोचौं । हामी आफै देश चलाउन सिकौं, सकिन्छ । अहिले हामीले देश बनाउने हो । अहिले कांग्रेस कम्युनिस्ट भन्ने बेला होइन । नेताहरुले जोसुकैलार्ई राखेर काम लगाए हुन्छ । तर काबिल खोज्नु होस । झोलेहरु नेताका छेउमा बसेर नेता बिगार्न बन्द गर । आफू हसुर्न नेता लडाउने यी फटाहा किन बोक्ने नेताले ? अब कि बोल्न पर्नेभयो, कि पुराना सबन्ध समाप्त गरेर पुराना मञ्च छोड्नु पर्ने अवस्था आयो । कति मनमनै रुने ?

नेताहरु, तपाइँहरुलार्ई जासुसैले सिध्याए भन्छन । मरेपछि सन्तानले सम्मान गरून, लासमा झिगां नभन्किउन भन्ने सोचौं । हामी आफै देश चलाउन सिकौं, सकिन्छ । अहिले हामीले देश बनाउने हो । अहिले कांग्रेस कम्युनिस्ट भन्ने बेला होइन । नेताहरुले जोसुकैलार्ई राखेर काम लगाए हुन्छ । तर काबिल खोज्नु होस

३. भारतसँग सबन्ध बिगार्नु हुँदैन, बार्ता गरौं । देशका हरेक नागरिकको सहयोग लिऔं । तर एक इन्च जमिन होइन, एक इन्च सार्बभौमसत्ताको कुरा हो । सार्बभौमसत्ता एक ढिक्का हुन्छ । यसरी बुझौं । तर्क र बिवेक प्रयोग गरौं । आवेश र उद्देलन होइन ।

४. हामी नेपाली हुने हो भने हाम्रा मित्रराष्ट्रको सम्मान गरौं, ताबेदारी होइन । आफ्नै देशको बन्न सकिएन भने अर्काको कसरी बनिएला ? बिदेशीलार्ई थाह छ, जो आफ्नो देशलाई धोका दिन्छ उस्ले उस्लाई पनि धोका दिन्छ ।

५. राणा शासन सकिएको ७० बर्ष हुदाँ पनि देशको स्वतन्त्रताकै चिन्ता गर्नु पर्ने ?