जनता टाइम्स

२९ कार्तिक २०७६, शुक्रबार १९:१३

राष्ट्रिय महिला भलिवल टिमलाई राष्ट्रपति भण्डारीको बधाई, प्रतिष्ठा अभिबृद्धि गर्न सफल भएको ठहर


काठमाडौं, कात्तिक २९ । राष्ट्रपति बिद्यादेवी भण्डारीले एशियन सेन्ट्रल जोन भलिवल प्रतियोगितामा अन्तराष्ट्रिय उपाधि दिलाउन सफल नेपाली राष्ट्रिय महिला भलिवल टिमलाई बधाई दिनुभएको छ । राष्ट्रपति भण्डारीले केहीवेर अघि ट्वीट गर्दै बधाइ दिनुभएको हो । ट्वीटमा राष्ट्रपति भण्डारीले नेपाली राष्ट्रिय महिला टिमले उपाधी दिलाएर देशको गारव र प्रतिष्ठा अभिबृद्धि गरेको आफ्नो निश्कर्षसमेत सुनाउनु भएको छ ।

‘नेपाली राष्ट्रिय महिला भलिवल टिमले एशियन सेन्ट्रल जोन भलिवल प्रतियोगितामा प्रथम स्थान प्राप्त गरी देशलाई महिला भलिवलको अन्तराष्ट्रिय उपाधी दिलाई राष्ट्रको गौरव र प्रतिष्ठा अभिबृद्धि गर्न सफल भएकोमा बधाइ दिँदै थप प्रगतिको लागि शुभेच्छा प्रकट गर्दछु,’ राष्ट्रपति भण्डारीले भन्नुभएको छ । बङ्गलादेशमा बिहिबार सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबलको उपाधि विजेता नेपाली महिला भलिबल टोली आज अपरान्ह स्वदेश फर्किएको छ ।

यस्तो छ ट्वीट
नेपाली राष्ट्रिय महिला भलिवल टिमले एशियन सेन्ट्रल जोन भलिवल प्रतियोगितामा प्रथम स्थान प्राप्त गरी देशलाई महिला भलिवलको अन्तराष्ट्रिय उपाधी दिलाई राष्ट्रको गौरव र प्रतिष्ठा अभिबृद्धि गर्न सफल भएकोमा बधाइ दिँदै थप प्रगतिको लागि शुभेच्छा प्रकट गर्दछु ।

 

भलिबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत समेत गरिएको थियो । महिला टोलीको सम्मानमा आजै नेपाल भलिबल संघले रात्री भोजको आयोजना गरेको छ । यस्तै भलिबल टोलीका सदस्यलाई सरकारले जनही तीन लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले टोलीका सबै सदस्यलाई जनही तीन लाख दिने घोषणा गर्नुभएको हो ।