जनता टाइम्स

२ मंसिर २०७६, सोमबार ०८:४०

ठमेलको नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्र (फोटोफिचर)


काठमाडौं, मंसिर २

पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लबमा पुगेका छन् । परिवारका सदस्यसहित एलओडी नामक नाइट क्लबमा पुगेका उनी त्यहाँ नाचेका छन् । क्लबको पेजमा हालेको सम्पादन गरेको भिडियोमा रातो र चन्द्र सुर्य भन्ने गित पछाडी हालेर बनाइएको छ ।

पूर्वराजा शाह सहभागीको हात समाउँदै नाचेका छन् । नाच्दानाच्दै उनले कोट फुकाल्छन् । सहभागीहरुलाई अंगालो हाल्छन्, सेल्फी खिच्छन् र रमाइलो गर्न हौस्याउँछन् । यसैगरी हिमानी शाह पनि नाचेको दृश्य देखाइएको छ । हिमानी शाहले पनि नाचेको मुद्रामा हात माथि गराउँछिन् र नाइट क्लबमा बजेको गीतमा बोली मिलाउँछिन् । पूर्वराजा ज्ञानेन्द्र, बुहारी हिमानी, छोरी प्रेरणा नाइट क्लबमा देखिन्छन् ।

तस्विर सौजन्य : एलओडी क्लब