जनता टाइम्स

५ मंसिर २०७६, बिहीबार १२:२६

प्रेम राजा महतको ‘लाम मया छपक्कै’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं, मंसिर ५

लोक गायक प्रेम राजा महतको ‘लाम मया छपक्कै’ सार्वजनिक भएको छ । गायक महतले केही दिनअघिमात्रै राष्ट्रभक्ति गीत ‘आयो नेपाली’ स्रोता र दर्शक माझ ल्याउनुभएको थियो । राष्ट्रभक्ति गीत ‘आयो नेपाली’ सार्वजनिक भएको चार दिनकै बिचमा पुनः लाम मया छपक्कै आज सार्वजनिक गर्नुभएको हो । उहाँले आफ्नै युट्युव च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गर्दै सबैको माया र आशिर्वादको अपेक्षा गरेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो,‘आदरणिय दर्शक तथा श्रोता महानुभावहरूमा दिलैदेखी यो एउटा लोक कोशेली टक्र्याएको छु, तपांईहरू सबैको माया र आशिर्बादको अपेक्षा राखेको छु । जय गीत जय संगीत ।’ आफ्नै शब्द संगीतमा रहेको यस गीतमा स्वर महत आफै र गायिका अन्जु पन्तले दिनुभएको छ । गीतको एरेन्ज बी.बी अनुरागीले गर्नुभएको हो ।

प्रिज्म रेकर्डिङ स्टुडियोबाट रेकर्ड भएको गितको मिक्सिङ श्यामश्वेत रसाइलीले गर्नुभएको हो । विन्ध्यावासिनी म्यूजिक प्रा.लि मार्फत बजारमा आएको यस गीतको अभिनयमा कलाकार करिष्मा मानन्धर र शंकर बि।सीले गर्नुभएको छ । बि.सीकै निर्देशनमा रहेको यस म्यूजिक भिडियोको निर्माता कविता महतले गर्नुभएको हो ।