Untitled Document

कांग्रेस नेतालाई प्रधानमन्त्रीले सुनाए निर्णय : राजपा नमाने पनि चुनाव सार्नुपर्छ, अहिले हाम्रो लागि स्थिति अनुकुल छैन

काठमाडौं, असार १- चार पटकसम्म स्थानीय तहको चुनावी मिति तोक्दै सार्दै आएको कांग्रेस–माओवादी गठबन्धन सरकारले पाँचौं पटक चुनाव मिति सार्ने गृहकार्य अन्तिम चरणमा पुर्याएको छ । अहिलेकै अवस्थामा निर्वाचन हुँदा प्रदेश–२ मा समेत एमाले पहिलो दलका रुपमा बिजयी हुने निश्कर्षपछि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ पटक चुनाव सार्ने निर्णय लिएका हुन ।

गणतन्त्र अघि चुनाव गर्न नसकी असक्षम बनेका देउवाले गणतन्त्रपछि संबिधान कार्यान्वयनका लागि भइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन पनि गर्न नचाहेका हुन । माओवादीसँग मिलेर चुनाव लडदासमेत एमाले पहिलो शक्तिका रुपमा बिजयी बनेपछि देउवाले असार १४ गतेका लागि तय गरिएको निर्वाचन पनि सार्न लागेका हुन । निर्वाचन सार्नका लागि प्रधानमन्त्री देउवाले राष्ट्रिय जनता पार्टी (राजपा) लाई बहाना बनाउने भएका छन ।

चुवानमा भाग लिँदै नलिने निश्कर्षमा रहेको राजपालाई माग गर्न लगाई प्रधानमन्त्रीले फेरि चुनाव सार्न लागेका हुन । राजपाले अहिलेसम्म चुनावमा भाग लिने प्रतिवद्धता जनाइसकेको छैन । ‘राजपा नमाने पनि चुनाव सार्नुपर्छ, अहिले हाम्रो लागि अनुकुल छैन,’ प्रधानमन्त्री देउवाको भनाई उधृत गर्दै कांग्रेसका एक नेताले भने । उनका अनुसार प्रदेश २ र प्रदेश ५ को चुनाव सार्ने देउवाको योजना छ ।

प्रदेश ५ टुक्रयाउने निर्णयबिरुद्ध त्यस क्षेत्रका जनता कांग्रेस र माओवादीबिरुद्ध आक्रोशिक बनेको र जनताको त्यो आक्रोश मरिनसकेको निश्कर्षका साथ कांग्रेसले चुनाव सार्ने निर्णय लिएको ती नेताको भनाई छ । सोही निश्कर्षका आधारमा हरेक पटक राजपालाई चुनावमा ल्याउने भन्दै मिति सार्दै आएको सरकारले यसपटक पनि उम्मेदवारी दर्ता गर्नु अघिल्लो दिन चुनावको मिति सार्ने अन्तिम तयारी गरेको हो ।

राजपा चुनावमा आउने भए केही समय अझै मिति सारौं भन्ने प्रस्ताव प्रधानमन्त्रीले राख्नुभयो तर, राजपाका साथीहरुले आउने भए त चार पटक मिति सार्दा आइसक्ने थियौं नि, हामीले भनेअनुसारको माग पूरा नगरेसम्म मिति सार्दैमा चुनावमा आउने भन्न सकिंदैन भन्नुभयो 

मिति सार्ने सरकारको योजनाप्रति प्रमुख प्रतिपक्ष एमालेले असहमति जनाइसकेको छ । बुधवार बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव गर्नुपर्ने एमाले निर्णय सुनाएका हुन । राजपाले समेत निर्वाचन मिति सारे पनि चुनावमा भाग नलिने वताएको छ । बुधवार प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा सहित प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । सो बैठकमा सत्तारुढ कांग्रेस र माओवादीले राजपा चुनावमा आउने भए मिति सार्ने वताएका थिए । तर राजपा नेताहरुले मिति सार्दैमा आफूहरु चुनावमा नआउने प्रष्ट पारे ।

मिति मात्रै सारेर चुनावमा आउँदैनौं, पहिले पनि हामीले मिति सार्नू भनेका होइनौं, सरकार आफैंले सारेको हो : महन्थ ठाकुर

बैठकमा सहभागि एमाले नेताहरु चुनाव मिति नसार्न आग्रह गर्दै बाहिरिएपछि सत्तारुढ कांग्रेस, माओवादी र राजपा नेताहरुले चुनाव मिति सार्ने समझदारी गरेका हुन । एमाले नेताहरु बाहिररिएपछि राजपा सहित सत्तारुढ दलहरुको बैठक बसेको थियो । तर राजपाकै लागि चार पटक चुनाव सारिसकेका सत्तारुढ दलहरु उसलाई चुनावमा ल्याउन सकेका छैनन । सो बैठकमा राजपा नेता महन्थ ठाकुरले मिति सार्दैमा आफूहरु सहभागी नहुने प्रष्ट पारेका हुन । ‘मिति मात्रै सारेर चुनावमा आउँदैनौं, पहिले पनि हामीले मिति सार्नू भनेका होइनौं, सरकार आफैंले सारेको हो,’ ठाकुरले भनेका छन ।

राजपाका साथीहरु आउँछन भन्दै हामीसँग परामर्श समेत नगरी चार पटक चुनाव सारिसक्नु भयो, तपाईंहरु चुनाव सार्न मात्रै सहमत हुने तर, चुनाव गर्न कहिल्यै सहमति नहुने किन होे ? चुनावदेखि यति धेरै किन डराउनु हुन्छ ?

बैठकमा सत्तारुढ दलहरु कांग्रेस र माओवादीले राजपा चुनावमा आउने प्रतिवद्धता भए पाँचौं पटक पनि चुनावको मिति सार्न सकिने वताएका थिए । तर, वार्तामा सहभागि राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले निर्वाचनको मिति सार्दैमा आफूहरु चुनावमा आउने बचन अहिले नै दिन नसक्ने वताए । ‘राजपा चुनावमा आउने भए केही समय अझै मिति सारौं भन्ने प्रस्ताव प्रधानमन्त्रीले राख्नुभयो’ बैठकमा सहभागि कांग्रेसका एक नेताले भने, ‘तर, राजपाका साथीहरुले आउने भए त चार पटक मिति सार्दा आइसक्ने थियौं नि, हामीले भनेअनुसारको माग पूरा नगरेसम्म मिति सार्दैमा चुनावमा आउने भन्न सकिंदैन भन्नुभयो ।’

सत्तारुढ दलबाट चुनाव सार्ने प्रस्ताव आएपछि बुधवारको बैठकमा पनि एमालेले यसअघि राजपालाई नै देखाएर चार चार पटक चुनाव सारिएको स्मरण गराएको थियो । ‘राजपाका साथीहरु आउँछन भन्दै हामीसँग परामर्श समेत नगरी चार पटक चुनाव सारिसक्नु भयो, तपाईंहरु चुनाव सार्न मात्रै सहमत हुने तर, चुनाव गर्न कहिल्यै सहमति नहुने किन होे ? चुनावदेखि यति धेरै किन डराउनु हुन्छ ?’ बैठकमा एमाले नेताहरुको प्रश्न थियो ।

१ असार २०७४, बिहीबार ११:३६मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *