जनता टाइम्स

७ मंसिर २०७६, शनिबार १७:५३

एक महिनाभित्र कार्ययोजना ल्याउने महिलामन्त्री गुरुङको घोषणा


काठमाडौं, मंसिर ७

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले एक महिनाभित्र कार्ययोजना बनाउने बताउनु भएको छ । उहाले सबै पक्षका सुझाव, सल्लाह र विज्ञको राय अनुसार मन्त्रालयको कार्ययोजना बनाउने बताउनु भएको हो ।

ललितपृुरमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उहाले मन्त्रालयलाई गर्व गर्न लायक बनाउने समेत घोषणा गर्नुभयो । ‘अहिले यो मन्त्रालयलाई हेयको दृष्टिकोणले हेरिदो रहेछ’, उहाले भन्नुभयो,‘तर, मन्त्रालयलाई म गर्व गर्न लायक बनाउछु ।’ मन्त्री गुरुङले महिला, बालबालिका र ज्येष्ठ नागरिकको सबैसँग छलफल गर्ने जानकारी समेत गराउनु भयो । अहिले नै कार्ययोजना ल्याउने भन्दा पनि सरोकारवालासँग पहिला छलफल गरेर अनिमात्र कार्ययोजना बनाउछु ।

मन्त्रालयमा आएदेखी नै दुर्गम क्षेत्रमा रहेर अप्ठेरोमा परेका गर्भवती महिलाको उद्धार कार्यमा सक्रिय रहनु भएको छ । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएका गुरुङ पछिल्लो पटक मन्त्रिमण्डल पुनर्गठन हुँदा मन्त्री बन्नु भएको हो ।