Untitled Document

चुनाव सार्ने निर्णय मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध : एमाले

काठमाडौं, १ असार- प्रमुख प्रतिपक्ष दल एमालेले प्रदेश–२ को निर्वाचन सार्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाउँदै मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराधको संज्ञा दिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र सत्तारुढ दलबीच भएको सहमति अनुसार बिहीवार बसेको मन्त्रिपरिषद बैठकले असार १४ गतेका लागि प्रदेश नम्बर १, २, ५ र ७ मा निर्धारित स्थानीय तहको निर्वाचनमध्ये प्रदेश २ को निर्वाचन पछाडि सार्ने निर्णय गरेको थियो ।

प्रदेश नम्बर २ मा निर्वाचन पछि सार्ने कदमले त्यहाका जनताको आफ्ना प्रतिनिधि आफै“ छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार मात्र कुण्ठित गरेको छैन, संविधान कार्यान्वयनमा गम्भीर धक्का पुर्याएको छ । यस घटनाले मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै विखण्डकारी तत्वहरुको मनोबल बढाएको छ

सरकारको सो निर्णयप्रति एमालेले गम्भीर आपत्ति प्रकट गरेको हो । ‘कुनै ठोस कारण र औचित्यबिना निर्वाचन पर सारेर वर्तमान सत्तारुढ गठबन्धनले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको छ,’ एमाले सचिव तथा प्रभार बिभाग प्रमुख योगेश भट्टराईले बिहीवार बिज्ञप्ती जारी गर्दै भनेका छन । यस कामबाट सरकारको उद्देश्य निर्वाचन गराउनमा भन्दा मुलुकलाई अनिश्चततातर्फ लैजानमा केन्द्रित थियो भन्ने कुरा पुष्टि गरेको निश्कर्षसमेत एमालेले बिज्ञप्तीमार्फत सार्वजनिक गरेको छ ।

‘पटक–पटकका वार्ताहरुमा समेत हाम्रो पार्टीले कुनै पनि हालतमा निर्वाचन सार्न नहुने कुरामा जोड दि“दै आएको थियो । सुरुमा एकै चरणमा ३१ वैशाखका लागि निर्धारित निर्वाचनमध्ये चार वटा प्रदेशमा जेठ ३१ मा निर्वाचन गर्ने निर्णयलाई नै हाम्रो पार्टीले शंकाका दृष्टिले हेर्दै यसले देशलाई संकटमा लैजाने ठहर गरेको थियो । पछि असार ९ र १४ मा निर्वाचन सार्दा पनि सरकारको उद्देश्य निर्वाचन गराउनमा भन्दा मुलुकलाई अनिश्चततातर्फ लैजानमा केन्द्रित थियो भन्ने कुरा यस घटनाले पुष्टि गरेको छ,’ बिज्ञप्तीमा भनिएको छ ।

एमालेले प्रदेश २ को चुवना सार्ने निर्णयले मुलुकको राष्ट्रिय एकतालाई कमजोर पारेको ठहर समेत गरेको छ । ‘प्रदेश नम्बर २ मा निर्वाचन पछि सार्ने कदमले त्यहाका जनताको आफ्ना प्रतिनिधि आफै“ छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार मात्र कुण्ठित गरेको छैन, संविधान कार्यान्वयनमा गम्भीर धक्का पुर्याएको छ । यस घटनाले मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै विखण्डकारी तत्वहरुको मनोबल बढाएको छ,’ भट्टराईले बिज्ञप्तीमा भनेका छन ।

पटक–पटकका वार्ताहरुमा समेत हाम्रो पार्टीले कुनै पनि हालतमा निर्वाचन सार्न नहुने कुरामा जोड दि“दै आएको थियो । सुरुमा एकै चरणमा ३१ वैशाखका लागि निर्धारित निर्वाचनमध्ये चार वटा प्रदेशमा जेठ ३१ मा निर्वाचन गर्ने निर्णयलाई नै हाम्रो पार्टीले शंकाका दृष्टिले हेर्दै यसले देशलाई संकटमा लैजाने ठहर गरेको थियो । पछि असार ९ र १४ मा निर्वाचन सार्दा पनि सरकारको उद्देश्य निर्वाचन गराउनमा भन्दा मुलुकलाई अनिश्चततातर्फ लैजानमा केन्द्रित थियो भन्ने कुरा यस घटनाले पुष्टि गरेको छ

बिज्ञप्तीमा संविधान र लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा आघात पुर्याउने यस कदमका विरुद्ध सचेत रह“दै प्रदेश नम्बर २ मा पार्टीका नियमित कामहरु अघि बढाउन मातहत कमिटीहरुलाई निर्देशनसमेत दिइएको छ भने प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते हुने निर्वाचनमा सक्रियतापूर्वक लाग्न आमजनसमुदाय, पार्टीका मातहत कमिटी तथा नेता–कार्यकर्ताहरुलाई आह्वान गरिएको छ ।

१ असार २०७४, बिहीबार १७:४०मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *