जनता टाइम्स

९ मंसिर २०७६, सोमबार १३:५७

अञ्जली र आकाशको अभिनय रहेको मेलिना राईको ‘बनैको अमला’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं, मंसिर ९

गायिका मेलिना राईको स्वर रहेको लोक दोहोरी गीत ‘बनैको अमला’ सार्वजनिक भएको छ । गीतमा मेलिनाको साथमा गायक दिपेश पौडेलको स्वर रहेको छ । गीतमा महेन्द्र भण्डारीको शब्द तथा लय सिर्जना रहेको छ ।

भिडियोमा वासु बरालको छायाङ्कन, राजेश कुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको छ । भिडियोमा अञ्जली अधिकारी र आकाश श्रेष्ठको नृत्य रहेको छ ।