Untitled Document

विमानस्थलको लापर्वाही : बुद्ध एअरको विमान दुर्घटनाबाट जोगियो , तेल ट्यांकीमा सामान्य क्षती

काठमाडौं, असार १
त्रिभुवान अन्तराष्ट्रिय बिमानस्थलमा ठुलो दुर्घटनाबाट जोगिएको छ ।बिमानस्थल ब्यवस्थापनको लापर्वाहीका कारण झण्डै ठुलै दुर्घटनाको सामना गर्नु परेको हो ।

बिहीवार दिउँसो पोखराबाट काठमाडौं आएको बुद्ध एयरको विमान त्रिभुवान अन्तराष्ट्रिय विमानस्थलमै ठुलो दुर्घटनाबाट जोगिएको छ ।

नाइन एनएआईएन कल साइनको बुद्ध एयरको विमान पार्किङ वेमा राखिएको भर्याङमा ठोक्किएको थियो ।ट्याक्सी वेबाट समयमै भर्याङ नहटाइएको कारण सो दुर्घटना भएको बिमानस्थलका एक अधिकारीले बताए ।

नाइन एनएआईएन कल साइनको बुद्ध एयरको विमान पार्किङ वेमा राखिएको भर्याङमा ठोक्किएको थियो ।ट्याक्सी वेबाट समयमै भर्याङ नहटाइएको कारण सो दुर्घटना भएको बिमानस्थलका एक अधिकारीले बताए ।

विमान पार्किङ गर्ने क्रममा विमान सफा गर्न राखिएको भर्याङमा ठोक्किए पनि ठूलो क्षति हुन पाएन । तर, विमानको इन्धन ट्यांकीमा भ

ने क्षति पुगेको स्रोतले बतायो । यात्रुहरुले पनि दाहिने पँखेटा ठोकिएको बताएका छन् ।

विमानको पँखेटाकै भागमा फ्युल ट्यांकी हुने भएकाले यरी ठोक्किँदा विमानमा आगो लाग्ने ठूलो सम्भावना हुन्थ्यो । तर, सौभाग्यबस आगो नगागेकाले ठूलो दुर्घटना हुन नपाएको सोही विमानका एक यात्रुले बताए । बुद्ध एयर स्रोतले पनि विमानस्थलको लापर्वाहीले घटना भएको जनाई विमानमा समान्य क्षतिमात्रै भएको प्रष्ट पारेको छ ।

विमानस्थल प्रशासनका कार्मचारीलाई घटनाबारे जानकारी लिन खोज्दा विमानस्थल प्रशासनलाई अपौपचारिक रुपमा कुनै जानकारी दिएको अब बुझ्ने भनेर पन्छिएको छन् ।

१ असार २०७४, बिहीबार २०:५२मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *