जनता टाइम्स

१२ मंसिर २०७६, बिहीबार ०९:१५

नेपाली युवक अस्ट्रेलियामा पक्राउ, यस्तो छ कारण


सिड्नी, मंसिर १२

पूर्व प्रेमिकाका नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिने एक नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको प्रहरीले पक्राउ गरेको छ । प्रेमिकाले अर्कै युवकसँग बिहे गर्ने तय गरेपछि उनले धम्की दिएको र तिनै युवतीको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अस्ट्रेलियाको युनिभर्सिटि अफ साउथ अस्ट्रेलियामा अध्ययनरत २५ बर्षीय नेपाली युवकले विगतमा आफूसँग बिताएका बेलाको नग्न फोटो सार्वजनिक गर्ने भन्दै धम्की दिएका थिए । उनले घर परिवारलाई पनि फोटो पठाइदिने भनेपछि युवतीले प्रहरीको सहयोग लिएकी थिइन ।

प्रहरीका अनुसार उनले वेलायतमा रहेकी आफ्नी पुर्व प्रेमिकाले अर्कैसँग विहे गरेको आवेगमा धम्कीपूर्ण म्यासेज लेखेका थिए । प्रहरीले आरोपित युवकलाई स्थानीय अदालतमा यौनदुव्र्यवहार गरेको मुद्दा लगाएको छ । स्थानीय समाचार संस्थाका अनुसार युवकले आफु विदेशी नागरिक भएकाले अस्ट्रेलियामा आफुविरुद्ध कुनै पनि मुद्दा लाग्न नसक्ने बताउँदै युवतिलाई धम्क्याउँदै आएका थिए । पक्राउ परेका युवक प्रहरी हिरासतमा छन् । प्रहरीले उनको कुनै परिचय पनि सार्वजनिक गरेको छैन ।