जनता टाइम्स

१२ मंसिर २०७६, बिहीबार १७:०९

अर्घाखाँची दुर्घटनाबाट राष्ट्रपति स्तब्ध


काठमाडौं, मंसिर १२

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्घाखाँचीमा भएको बस दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।

आज ट्विट गर्दै उहाँले शोकाकूल परिवारमा समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । “हाम्रो देशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सवारी दुर्घटना हुन नदिन सम्बद्ध सबै पक्षको सावधानी आवश्यक रहेको मैले महसुस गरेको छु”, ट्विटमा भनिएको छ ।