जनता टाइम्स

२७ बैशाख २०७६, शुक्रबार ०८:०२

एकान्तकुनामा भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु


काठमाडौं , २७ वैशाख । ललितपुरको एकान्तकुनामा भ्यानको ठक्करबाट साइकलयात्रीको ज्यान गएको छ । दुर्घटनामा एकजना पैदलयात्री घाइते भएका छन् ।

बा २१ च १३३३ नम्बरको भ्यानले ठक्कर दिँदा साइकलमा सवार भारत घर भई काठमाण्डौको कुलेश्वर बस्दै आएका ३५ वर्षका अमरे आलमको ज्यान गएको प्रहरीले जनाएको छ ।

भ्यानले साइकललाई ठक्कर दिँदा घाइते भएका पैदलयात्रीको नेपाल मेडिसिटी अस्पताल नख्खुमा उपचार भइरहेको छ । पैदलयात्रुको परिचय खुलेको छैन । भ्यानका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।