जनता टाइम्स

१३ मंसिर २०७६, शुक्रबार १४:५२

धनगढीबाट ब्राउन सुगरसहित ३ जना पक्राउ


कञ्चनपुर, मंसिर १३

प्रहरीले धनगढीबाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-५ जाइँ बस्ने २८ वर्षीय इन्द्रजीत धामी, वडा नं-८ बस्ने १८ वर्षीया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका-३ घर भई हाल धनगढी-१ बस्ने १९ वर्षीया मोनिका थापा भन्ने मोनिका बुढालाई विहिबारराति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आज जानकारी दिनुभयो ।

उनीहरु तीनै जनालाई धनगढीस्थित पुष्पाञ्जली होटलको कोठा नं ७०१ बाट तीन ग्राम ७६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।