जनता टाइम्स

१३ मंसिर २०७६, शुक्रबार २१:१२

वाह ! कति सुन्दर दशरथ रंगशाला (फोटोफिचर)


काठमाडौं, मंसिर १३

१३औँ दक्षिण एसियाली खेलकुद (सागं को आइतबार हुने उद्घाटन समारोहको शुक्रबार रिहर्सल गरिएको छ । सागको उद्घाटनको दुई दिनअघि दशरथ रंगशालामा रिहर्सल गरिएको हो । आइतबार राजधानीको दशरथ रंगशालामा सागको औपचारिक उद्घाटन हुँदैछ । त्यसका लागि नेपाली सेना, प्रहरी तथा विद्यार्थीलगायतले शुक्रबार रंगशालामा भव्य ‘रिहर्सल’ गरेका हुन् ।