जनता टाइम्स

१४ मंसिर २०७६, शनिबार १३:३६

फिल्म रिलिज हुने समयमा हिन्दुको अपमान गरेको भन्दै सलमानको चर्को विरोध (भिडियो)


काठमाडौं, मंसिर १४

बलिउड अभिनेता सलमान खान विवादमा तानिनुभएको छ । उहाँको नयाँ फिल्म दबंग–३ को लिड गीत सार्वजनिक भएपछि विवादमा तानिनुभएको हो । सलमान खानलाई पुरानै रोल चुलबुलको रुपमा देखिन्छ । ‘दबंग ३’ को टाइटल गीत ‘हुड हुड दबंग’ मा सलमानको साथ केही साधुहरु गितार बजाउदै नाँचिरहेको देखाइएको छ ।

साधुहरुलाई यसरी खोला किनारमा नचाएपछि मानिसहरु आक्रोसित भएका छन् । धार्मिक भावनामा ठेस पुगेको आरोप लगाउँदै यी मानिसहरु गीतको साथ फिल्मको पनि विरोध गरीरहेका छन् । सोसल मिडियामार्फत ‘दबंग ३’ चर्को विरोध गरेका छन् । यहि डिसेम्बर २० मा फिल्म रिलिज हुँदैछ ।

‘हुड हुड दबंग’ गीतमा सलमानको पृष्ठभुमिमा साधुसन्त हातमा गीतार लिएर नाँचिरहेका छन् । गीतको बीचबीचमा साधुहरुलाई नचाईएको देखिन्छ । मानिसहरुको रिस यति बढेको छकि फिल्म नै बन्द गर्नुपर्ने माग राखेका छन् । हिन्दु जनजागृति समितिले उक्त फिल्मको विरोध गदै धार्मिक भावनामा ठेस पुगेको भन्दै आफ्नै ट्वीटर मार्फत समेत विरोध जनाएको छ ।