प्रदेश १समाचारसमाज

फिदिम–१ मा नेकपा, हिलिहाङ–७ काँग्रेस विजयी

पाँचथर, मंसिर १५

उपनिर्वाचन भएका पाँचथरका दुवै वडाको मत परिणाम सार्वजनिक भएको छ । फिदिम नगरपालिका–१ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गजाधर भट्टराई विजयी हुनुभएको छ भने हिलिहाङ गाँउपालिका–७ मा नेपाली काँग्रेसका तिलविक्रम इधिङ्गो विजयी हुनुभएको छ । फिदिम–१ मा नेकपाका भट्टराईले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुवराज थापालाई ४७४ मतान्तरले पराजित गर्नुभयो ।

भट्टराईले एक हजार ४४६ मत प्राप्त गर्दा थापाले ९७२ मत प्राप्त गनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ । हिलिहाङ–७ मा काँग्रेसका इधिङ्गोले ३० मतको अन्तरले विजय हासिल गर्नुभएको हो । उहाँले ८४२ मत प्राप्त गर्दा नेकपाका गेहनाथ रिजालले ८१२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय हिलिहाङले जनाएको छ ।

Comment here