जनता टाइम्स

१५ मंसिर २०७६, आईतवार २२:५७

साझा पार्टीका संयोजक रवीन्द्रले गर्नुभयो जनमतको अपमान !


काठमाडौं, मंसिर १५

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचनमा मतदाताको मतलाई अपमान गर्नुभएको छ । कास्की–२ मा जमानत नै जफत हुने गरी मत आएपछि उहाले त्यसको नैराश्यता जनतामा नै पोख्नु भएको हो । उहाले जनमतको परिणामले भ्रष्टता, असक्षमतालाई अनुमोदन गरेको टिप्पणी गर्नुभयो ।

‘उपचुनावमा साझा पार्टीले छोटो समयमा जे गर्‍यो त्यसमा थप धेरै मेहन गर्नुपर्ने सन्देश दिएको छ’ कास्की–२ को निर्वाचन परिणाम सार्वजनिक भए लगत्तैले संयोजक मिश्रले ट्विटरमा भन्नुभएको छ, ‘मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ ।’ कास्की–२ मा उहाको पार्टीले कुल खसेको ४४ हजार ९४६ मत मध्ये ९४२ मत मात्र प्राप्त गरेको थियो । जहा मिश्र आफै नै चुनावी सभामा खटिनु भएको थियो ।