जनता टाइम्स

१६ मंसिर २०७६, सोमबार १०:३७

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे अस्पतालले निकाल्यो यस्तो विज्ञप्ती, देखियो यति धेरै सुधार


काठमाडौं, मंसिर १६

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका विषयमा अस्पतालले पछिल्लो पटक विज्ञप्ती निकालेर जानकारी गराएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलबार भर्ना हुनु भएका प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनिय सुधार आएको छ ।

सेन्टरले आज विहान १० बजे विज्ञप्ती निकालेर उहाको स्वास्थ्यमा उल्लेखनिय सुधार जनाइएको छ । आइतबार अल्ट्रासाउन्ड गरिएपनि उहा बिहान बिहान हिँडडुल गर्न थाल्नु भएको छ । संक्रमणको जोखिमका कारण केही दिन आईसीयूमै राखेर प्रधानमन्त्री ओलीलाई निवास पठाउने तयारी भईरहेको छ । बालुवाटार पुग्ने वित्तिकै आफ्नो स्वास्थ्यलाई ख्याल नगरी काममा लागि हाल्ने गर्नुभएपछि प्रधानमन्त्रीलाई अस्पतालमै राख्ने रणनीति रहेको एक चिकित्सकले बताउनु भयो ।

प्रधानमन्त्री ओलीलाई अझै नरम आहार नै दिइँदै आइएको छ । प्रधानमन्त्रीले आइतबार आइप्याडमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोह हेर्नुभएको थियो ।