काठमाडौं, मंसिर १६
दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत कराँतेको महिला व्यक्तिगत काँटातर्फ नेपालले रजत पदक जितेको छ । करातेको महिला व्यक्तिगत कातामा चञ्चला दनुवार स्वर्णबाट चुक्नु भएको छ ।
सोमबार बिहान ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा भएको फाइनल खेलमा चञ्चलालाई पाकिस्तानकी साइदाले पराजित गर्नुभयो । फाइनलमा साइदा २५.२८ अंक ल्याएर स्वर्ण जित्दा चञ्चलाले २४.६२ अंक मात्र ल्याउदै रजतमा सीमित बन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्