जनता टाइम्स

१६ मंसिर २०७६, सोमबार ११:५८

कँरातेमा नेपाललाई तीन स्वर्ण पदक


काठमाडौं, मंसिर १६

१३ औं साग खेलको कँरातेमा नेपालले तीन स्वर्ण पदक जित्न सफल भएको छ । व्यक्तिगत काताको पुरुषतर्फ नेपालका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाउनु भयो । उहाले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै पहिलो स्वर्ण दिलाउनु भएको हो ।

कँरातेको महिलातर्फको टिम कातामा नेपालले स्वर्ण जितेको छ । निर्मला तामाङ, सरु कार्की र संगिता मगर सम्मिलित टोलीले पाकिस्तानलाई हराउँदै स्वर्ण जितेको हो । नेपाली टोलीले २४.८८ अंक प्राप्त गरेका थिए भने पाकिस्तानी टोलीले २३.०३ अंक प्राप्त गरे ।

२९ वर्षमुनीको व्यक्तिगत पोम्से (तेक्वान्दो)तर्फ नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जितेका छन् । यो विधामा भारतका राहुल जैनले रजत र श्रीलंकाका खेलाडीले कास्य पदक जितेको छन् । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा नेपालका खेलाडीले ८.२७०, भारतीय खेलाडीले ८.२०० र श्रीलंकाका खेलाडीले ८.१५० अंक प्राप्त गर्दै क्रमश प्रथम, दोस्रो र तेस्रो भएका हुन् ।